PahiloPost

Mar 29, 2024 | १६ चैत्र २०८०

विवादास्पद कार्यक्रममा प्रम ओलीलाई एक लाख डलरको अवार्ड, जनप्रतिनिधिलाई पारदर्शी हुन अपिल



विवादास्पद कार्यक्रममा प्रम ओलीलाई एक लाख डलरको अवार्ड, जनप्रतिनिधिलाई पारदर्शी हुन अपिल

काठमाडौं: क्रिश्चियन धर्मका प्रवर्तक जिसस क्राइस्टका अधुरा काम पूरा गर्न आएको र जिससले समेत गर्न नसकेको 'पवित्र बिहे' गरेर नयाँ युग सुरु गरेको दाबी गर्ने युनिफिकेसन चर्चसँग आवद्ध विवादास्पद एनजिओले गरेको एसिया प्यासिफिक समिटमा प्रधानमन्त्री केपी शर्मा ओली पुरस्कृत भएका छन्।

युनिभर्सल पिस फाउन्डेसन (युपीएफ)ले प्रधानमन्त्री ओलीलाई नेतृत्व र सुशासन पुरस्कार प्रदान गरेको हो। संस्थाकी प्रमुख हक जा हान मुनले प्रधानमन्त्री ओलीलाई उक्त पुरस्कार प्रदान गरेकी हुन्। पुरस्कारका साथमा उनलाई सम्मान पत्र समेत प्रदान गरिएको थियो।
 
आज सम्पन्न एसिया प्यासिफिक सम्मेलन– २०१८ को अवार्ड वितरण समारोहमा नेपालको लोकतन्त्र र सुशासनको नेतृत्व गरेको भन्दै प्रधानमन्त्रीलाई ‘लिडरसिप एन्ड गुड गभर्नेन्स अवार्ड’बाट पुरस्कृत गरिएको हो । पुरस्कारको राशी एक लाख डलर छ।

कार्यक्रममा प्रधानमन्त्रीले पुरस्कार सरकारको सम्मानमा दिएकाले नेपाली युवा र बालबालिकाको क्षेत्रमा खर्च गर्न सरकारी कोषमा दाखिला गर्ने घोषणा गरे।

अवार्ड प्रदान कार्यक्रममा प्रधानमन्त्री ओलीले सुशासनबाट मात्रै समृद्धि सम्भव रहेको बताए।

अवार्ड वितरण समारोहलाई सम्बोधन गर्दै प्रधानमन्त्रीले सुशासन बिना विकास सम्भव हुन नसक्ने बताएका हुन्। ओलीले सरकार जनसेवाका सबै क्षेत्रहरुमा पारदर्शी तरिकाले सेवा दिन तयार रहेको बताए। “सरकार जनअनुमोदिन भएकाले जनताप्रति उत्तरदायी छ। उत्तरदायित्व र जवाफदेहिता बिना सुशसन सम्भव छैन,” भने, “हामीले संविधानमै आवधिक निर्वाचन, कानुनको सम्मान र कानुनभन्दा माथि कोही पनि नहुने व्यवस्था गरेका छौं।”

प्रधानमन्त्रीले भ्रष्टाचार पैसामा मात्र नभई नीति, विधि र शक्तिको दुरुपयोगलगायतका विषयमा पनि हुन सक्ने बताए। “तर, सरकारले शुन्य सहनशीलताको नीति अबलम्बन गरेकाले यी कुनै पनि प्रकारका भ्रष्टाचारमा सरकारले कारबाही गर्दछ,” प्रमले भने।

प्रधानमन्त्री ओलीले जनप्रतिनिधिहरुलाई उत्तरदायी र पारदर्शी हुन अपिलसमेत गरे। “जनप्रतिनिधि धब्बा लाग्ने हुनुहुँदैन, जनप्रतिनिधिको विगत, वर्तमान र भविष्य तीनवटै उज्यालो हुनुपर्छ,” प्रधानमन्त्रीले भने, “लोकतान्त्रिक प्रणालीलाई सफल बनाउन जनप्रतिनिधिको भूमिका महत्वपूर्ण हुन्छ।”



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell