PahiloPost

Apr 29, 2026 | १६ बैशाख २०८३

नेपाल र कम्बोडियाबीच हवाई सम्झौता, सातामा १४ उडान गर्न सकिने



पहिलोपोस्ट

नेपाल र कम्बोडियाबीच हवाई सम्झौता, सातामा १४ उडान गर्न सकिने

काठमाडौँः कम्बोडिया र नेपालबीच हवाई सम्बन्ध सुरु भएको छ। दुई देशबीच बिहीबार सम्झौतामा हस्ताक्षर भएको हो।

काठमाडौँमा भएको कार्यक्रममा संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री रवीन्द्र अधिकारी र कम्बोडियाका मिनिष्टर इन्चार्ज अफ द स्टेट सेक्रेटेरिएट अफ सिभिल एभिएसन माओ हाभनन्लले सम्झौतामा हस्ताक्षर गरेका हुन्।

दुई देशबीच भएको सम्झौता अनुसार नेपालको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थ र निर्माणाधीन गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल र पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा हवाई सेवा सुरु गर्न सकिनेछ।

यस्तै सातामा १४ वटा उडान गर्न पनि दुई देश सहमत भएको पर्यटन मन्त्रालयका सचिव कृष्णप्रसाद देवकोटाले जानकारी दिए। हवाई सम्झौता कार्यक्रममा दुबै देशका प्रधानमन्त्री उपस्थित थिए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell