PahiloPost

Apr 25, 2024 | १३ बैशाख २०८१

एनसेल लाभकर विवाद मुद्दाको सुनुवाइ स्थगित, हेर्दाहेर्दैको मुद्दा किन भयो स्थगित?



पहिलोपोस्ट

एनसेल लाभकर विवाद मुद्दाको सुनुवाइ स्थगित, हेर्दाहेर्दैको मुद्दा किन भयो स्थगित?

काठमाडौँः दूरसञ्चार सेवा प्रदायक एनसेलको लाभकर विवादको मुद्दाको अन्तिम सुनुवाइ स्थगित भएको छ। असोज १८ गतेबाट मुद्दाको अन्तिम सुनुवाइ सुरु भएको थियो। सामान्यतयाः हेर्दाहेर्दैमा राखिएको मुद्दा स्थगित नगर्ने प्रचलन भए पनि अदालत स्वयम्ले मुद्दा स्थगित गरेको हो। 

असोज १८ देखि मुद्दाको अन्तिम सुनुवाइ सुरु भएको थियो। न्यायाधीश शारदाप्रसाद घिमिरेले मुद्दाको लीड गरेका थिए। घिमिरेसँगै न्यायाधीशहरु विश्वम्भरप्रसाद श्रेष्ठ, पुरुषोत्तम भण्डारी, बमकुमार श्रेष्ठ र टंकबहादुर मोक्तान पूर्ण इजसासका सदस्य थिए। 


बिहीबार दैनिक पेसी सूचीमा प्रकाशित नभइ मुद्दा स्थगित गरिएको हो। दैनिक पेसी सूचीमा प्रकाशित भएको अवस्थामा मुद्दामा संलग्न न्यायाधीशहरुले अन्य मुद्दा हेर्न पाउँदैनन्।   

मुद्दाको नेतृत्व गरिरहेका ‘लीड जज’ले घिमिरेले एक महिनापछि अवकाश पाउँदैछन्। घिमिर पुस २१ बाट उमेरहदका कारण अनिवार्य अवकाश पाउन लागेका हुन्। उनको अवकाशपछि मुद्दाको पुनः सुरुवातबाट हेर्नुपर्ने हुन्छ। 

मुद्दा पूर्ण सुनुवाइका लागि पेस भए पनि एनसेलले मागदाबी गरे अनुसारको आदेश भने यसअघि भइसकेको छ। अन्तरिम आदेशका कारण लाभांश लैजाने सुविधा उपयोग गरिसकेको छ। अन्तरिम आदेशमै पनि लाभकरको दायित्व निवेदक कम्पनीको नभएको उल्लेख गरिएको छ। तर, विवादको निरुपणका लागि भन्दै मुद्दा भने पूर्ण इजलासमा पठाइएको छ।

पढ्नुस्ः पूँजीगत लाभकरमा फसेको एनसेललार्इ लाभांश लैजान दिन सर्वोच्चको आदेश

यसअघि पुस ९ गते लाभांश लैजान अन्तरिम आदेश जारी गरेको थियो। न्यायाधीशद्वय ओमप्रकाश मिश्र र केदार प्रसाद चालिसेको इजलासले लाभांश रोक्दा कम्पनीलाई अपूरणीय क्षति भएको भन्दै अन्तरिम आदेश जारी गरेका थिए। 

उक्त आदेशको आलोचना समेत भएको थियो। 

सर्वोच्चले  भदौ २८ गते खरिद प्रक्रियाका सम्पूर्ण कागजात माग गर्ने निर्णय गरेको थियो। कागजात प्राप्त भएपछि असोज १८ बाट अन्तिम सुनुवाइ प्रारम्भ भएको थियो। 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell