PahiloPost

May 10, 2024 | २८ बैशाख २०८१

ए डिभिजन लिग : आज दुई खेल हुँदै, तीन क्लब पहिलो जितको खोजीमा



पहिलोपोस्ट

ए डिभिजन लिग : आज दुई खेल हुँदै, तीन क्लब पहिलो जितको खोजीमा

काठमाडौँ : पल्सर सहिद स्मारक ए डिभिजन लिगमा आज चौथो चरणको अन्तिम दुई खेल हुँदैछ। दुवै खेल सातदोवाटोस्थित एन्फा कम्प्लेक्समा हुनेछ।

यस सिजन मनाङ मर्स्याङ्दी र त्रिभुवन ंआर्मी क्लबसँगै हिमालयन शेर्पा पनि अपराजित छ। उता मछिन्द्र क्लब, फ्रेण्ड्स र जावलाखेल युथ क्लब अहिलेसम्म जितिविहन छ। फ्रेण्ड्स र जावलाखेलले अंक समेत जोड्न सकेका छैनन्।

आजको पहिलो खेलमा हिमालयन शे्पाले मछिन्द्रसँग खेल्नेछ। खेल बिहान ११ बजे हुनेछ। दोस्रो खेलमा साढे दुई बजे जावलाखेल र फ्रेण्ड्स भिड्नेछन्।

शेर्पा अपराजित यात्रा कायम राख्दै अंकतालिकामा माथि उक्लने योजनामा हुनेछ। तीन खेलबाट शेर्पाको ७ अंक छ। तीन खेल मध्ये दुंई बराबरी गरेको मछिन्द्रको २ अंक नै छ रपहिलो जितको खोजीमा हुनेछ।

उता लगातार तीन-तीन खेल हारेर अंकविहिन बनेको जावलाखेल र फ्रेण्ड्स पहिलो जित हात पार्ने योजनाका साथ मैदान उत्रनेछ।
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell