PahiloPost

May 5, 2024 | २३ बैशाख २०८१

प्रधानसेनापति महिला फुटबलको उपाधिका लागि आर्मी र एपीएफ भिड्ने



पहिलोपोस्ट

प्रधानसेनापति महिला फुटबलको उपाधिका लागि आर्मी र एपीएफ भिड्ने

काठमाडौँ : छैटौँ प्रधानसेनापति अन्तर्राष्ट्रिय महिला फुटबल प्रतियोगिताको उपाधिका लागि दुई विभागीय टोली त्रिभुवन आर्मी र सशस्स प्रहरी बल (एपीएफ) भिड्ने भएका छन्।

सोमवार सम्मपन्न सेमिफाइनलमा जित हात पार्दै आर्मी र एपीएफले फाइनलमा स्थान बनाएका हुन्।

विभागीय डर्बी सेमिफाइनलमा एपीएफले नेपाल पुलिस क्लबलाई ३-० ले पराजित गर्दा आर्मीले प्रदेश नम्वर २ लाई ४-० ले हरायो।

खेलमा एपीएफकी अनिता बस्नेत र आर्मीकी दीपा राई प्लेअर अफ दि म्याच घोषित भए।

अब फाइनल खेल बुधवार दिउँसो १ बजे भद्रकालीस्थित आर्मीको मैदानमा हुनेछ।

प्रतियोगितामा नेपालका सात प्रदेश र तीन विभागीय टोली र भारतका दुई टवली गरी कूल १२ टोलीले सहभागिता जनाएका थिए।

 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell