PahiloPost

May 4, 2024 | २२ बैशाख २०८१

आइसीसी टी-२० महिला विश्वकप : उपाधिका लागि अष्ट्रेलिया र इंग्ल्याण्ड भिड्ने



आइसीसी टी-२० महिला विश्वकप : उपाधिका लागि अष्ट्रेलिया र इंग्ल्याण्ड भिड्ने

आइसीसी टी-२० महिला विश्वकपको उपाधिका लागि अष्ट्रेलिया र इंग्ल्याण्ड भिड्ने भएका छन्।

सेमिफाइनलमा अष्ट्रेलियाले वेष्टइन्डिजलाई ७१ रनले पराजित गर्‍यो भने इंग्ल्याण्डले भारतलाई ८ विकेटले हरायो।

पहिलो सेमिफाइनलमा टस हारेर पहिले ब्याटिङ गरेको अष्ट्रेलियाले निर्धारित २० ओभरमा ५ विकेट गुमाएर १४२ रन बनाएको थियो। अष्६्रेलियाका लागि एजे हेलीले सर्वाधिक ४६ रन बनाइन्। 

१४३ रनको लक्ष्य पछ्याएको वेष्ट इन्टिज १७.३ ओभरमा ७१ रनमै अलआउट भयो। उसका कप्तान टेलरले १६ रन बनाइन् भने बाँकी खेलाडीले दोहोरो अंक समेत छुन सकेनन्। अष्ट्रेलियाकी पेरीले २ ओभरमा १ मेडन राख्दै २ रन मात्र खर्चेर २ विकेट लिइन्। 

दोस्रो सेमिफाइनलमा टस जितेर पहिले ब्याटिङ गरेको भारतले १९.३ ओभरमा सबै विकेट गुमाएर ११२ रन बनायो। इंग्ल्याण्डले १७.२ ओभरमा २ विकेट गुमाएर लक्ष्य पुरा गरेको हो।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell