PahiloPost

Apr 20, 2024 | ८ बैशाख २०८१

टिपरले ठक्कर दिँदा दाइको घटनास्थलमै मृत्यु, भाइ घाइते, टिपर चालक भने फरार



पहिलोपोस्ट

टिपरले ठक्कर दिँदा दाइको घटनास्थलमै मृत्यु, भाइ घाइते, टिपर चालक भने फरार

काठमाडौँ :  भक्तपुरमा बुधबार साँझ टिपरले ठक्कर दिँदा एक युवकको मृत्यु भएको छ।
 
म्यारिगोल्ड स्कूलको गेट नजिकै बा ५ ख ६१६ नम्बरको  टिपरले ठक्कर दिँदा मनोज मगरको मृत्यु भएको हो। बा ९९ प ८२८२ नम्बरको मोटरसाइकलमा सवार दाजुभाइ मध्ये चालक दाइको मृत्यु भएको प्रहरीले जनाएको छ।  उनको घटनास्थलमा नै मृत्यु भएको  हो।

मोटरसाइकल पछाडि बसेका भाइ मनीष मगर भने सामान्य घाइते भएका छन्।

आक्रोशित स्थानीयबासीले नाराबाजी गर्दै शव उठाउन समेत अवरोध गरेका थिए। टिपर चालक भने फरार छन्।

गत साउन १ गतेदेखि राति ८ बजेदेखि बिहान ५ बजेसम्म मात्र काठमाडौँभित्र रिङरोड, रिङरोडभित्र र कोटेश्वरबाट जडीबुटीसम्मको सडकखण्डमा टिपर चलाउने अनुमति प्रहरीले दिएको थियो। तर गत असोजको दोस्रो साता देखि बेलुका ७ बजेदेखि बिहान ७ बजेसम्म सञ्चालन गर्न अनुमति दिने निर्णय गरेको थियो।

 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell