PahiloPost

Apr 26, 2024 | १४ बैशाख २०८१

माउरो इकार्डी र पाउलो डिबलाले अर्जेन्टिनाका लागि गरे पहिलो गोल



पहिलोपोस्ट

माउरो इकार्डी र पाउलो डिबलाले अर्जेन्टिनाका लागि गरे पहिलो गोल
PHOTO : AFA

क्लब फुटबलमा उत्कृष्ट प्रदर्शन गरेपनि राष्ट्रिय टिममा बिरलै स्थान पाउने गरेका दुई अर्जेन्टाइन स्टार माउरो इकार्डी र पाउलो डिबलाले राष्ट्रका लागि पहिलो गोल गरेका छन्।

इकार्डी र डिबलाको गोल मद्दतमा अर्जेन्टिनाले मैत्रीपूर्ण खेलमा मेक्सिकोलाई २-० ले पराजित गरेको छ।

स्टार खेलाडी लियोनल मेसी नभएपनि अर्जेन्टिनाले युवा खेलाडीहरुको गतिलो साथ पाउन थालेको छ।

खेलको दोस्रो मिनेटमै इकार्डीले गोल गर्दै 'ला अल्बिसेलेस्टे'लाई अग्रता दिलाएका थिए। खेल सकिन तीन मिनेट अगाडी डिबलाले गोल थपे। ८१औँ मिनेटमा इकार्डीकै स्थानमा मैदान प्रवेश गरेका डिबलाले ८७औँ मिनेटमा गोल गर्दै २-० को जित पक्का गरे।

यसैगरी अन्य मैत्रीपूर्ण खेलमा फ्रान्सले उरुग्वेलाई, ब्राजिलले क्यामरुनलाई तथा इटलीले अमेरिकालाई समान १-० ले पराजित गरेको छ।

फ्रान्सको जितमा ओलिभर जिरुडले खेलको ५२औँ मिनेटमा पेनाल्टीबाट गरेको गोल निर्णायक बन्यो। ब्राजिलको लागि ४५औँ मिनेटमा रिचर्लिसनले गोल गरे।

माटेयो पोलिटानोले इन्जुरी टाइमको चौथो मिनेटमा गोल गरेपछि इटलीले अमेरिका विरुद्ध कठिन जित हात पारेको हो। वेल्स भने अल्वानियासँग १-० कै अन्तरमा पराजित भयो।

 

 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell