PahiloPost

Aug 10, 2025 | २६ साउन २०८२

पाँचौ साफ महिला च्याम्पियनसिप नेपालमै हुने पक्का



पहिलोपोस्ट

पाँचौ साफ महिला च्याम्पियनसिप नेपालमै हुने पक्का

काठमाडौँ : पाँचौ साफ महिला च्याम्पियनसिप नेपालमा हुने पक्का भएको छ। च्याम्पियनसिप पहिलो पटक नेपालमा हुन लागेको हो।

दक्षिण एसियाली फुटबल महासंघ साफले च्याम्पियनसिप नेपालमा हुने निर्णय गरेको अखिल नेपाल फुटबल संघ एन्फाले जनाएको छ।

एन्फाका अनुसार साफ महिला च्याम्पियनसिप आगामी मार्च ११ देखि २१ (फागुन २७ देखि चैत ७ ) सम्म आयोजना हुनेछ। यसअघि श्रीलंकामा च्याम्पियनसिप आयोजना गर्ने बताएपनि नेपालले पनि आयोजनाको लागि दावी गरेको थियो।

साफले बंगलादेशमा गत सेप्टेम्बरमा साफ च्याम्पियनसिप आयोजना भएको बेला साफ महिला च्याम्पियनसिप आगामी १४ डिसेम्बर देखी २३ डिसेम्बरसम्म हुने भन्दै ड्र सार्वजनिक गरेको थियो।

तर च्याम्पियनसिपमा सहभागिता जनाउने टिमको निर्णय  यस महिनाको अन्त्यमा मात्र हुने एन्फाले जनाएको छ।

 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell