PahiloPost

Apr 27, 2024 | १५ बैशाख २०८१

सन्दीप लामिछाने पाकिस्तान सुपर लिगमा छनोट



पहिलोपोस्ट

सन्दीप लामिछाने पाकिस्तान सुपर लिगमा छनोट

काठमाडौँ : नेपाली युवा स्टार क्रिकेटर सन्दीप लामिछानेले अर्को टी-२० फ्रेन्चाइज लिगमा अनुबन्ध भएका छन्। सन्दीपलाई आज भएको पाकिस्तान सुपर लिग (पीएसएल) मा लाहोर क्वालान्डर्सले आफ्नो टिममा अनुबन्ध गरेको हो।

गोल्ड क्याटेगोरीमा रहेको सन्दीपलाई लाहोरले गोल्ड क्याटेगोरीको पहिलो खेलाडीको रुपमै लिएको हो। गत सिजन इनडियन प्रिमियर लिग खेलेपछि विश्वभर चर्चा कमाएका सन्दीप पीएसएलमा पहिलो पटक छनोट भएका छन्।

गत वर्ष प्रारम्भिक ड्राफ्टमा परेपनि सन्दीपलाई अन्तिममा कुनै पनि टिमले लिएको थिएन। आइपीएलसँगै सीपीएल, ग्लोबल क्यानडा लिग, एपीएल खेलिसकेका सन्दीपलाई यस पटक भने पीएसएलमा पनि खेल्ने साइत जुरेको छ।
 

यस्तै सन्दीप अष्ट्रेलियन बिग बास लिग (बीबीएल) मा मेलवर्न स्टार्स र बंगलादेश प्रिमियर लिग (बीपीएल) सिलेट सिक्सर्समा अनुबन्ध भइसकेका छन्।

फीएसएलमा दक्षिण अफ्रिकाका ए बी डेभिलियर्स लिएकै लाहोरले सन्दीपलाई लिएको हो। सन्दीपले पीएसएलमा अनुबन्ध भएसँगै ५० हजार भन्दा बढी अमेरिकी डलर पाउने पक्का छ।

युएईमा हुने टी-१० लिग खेल्न सन्दी हाल दुबईमा छन्। उनले केरला किंग्सबाट खेल्नेछन्।

सन्दीपसँगै अर्का नेपाली खेलाडी सोमपाल कामी पनि पीएसएल ड्राफ्टमा परेका थिए। सोमपाल शिल्भर क्याटेगोरीमा छन्। उनको अन्तिम ड्राफ्ट हुन बाँकी छ।
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell