PahiloPost

May 8, 2024 | २६ बैशाख २०८१

नेशन्स लिग : इन्जुरी टाइममा भान जिकले गोल गरेपछि नेदरल्याण्ड्स सेमिफाइनलमा, जर्मनी रेलिगेट



पहिलोपोस्ट

नेशन्स लिग : इन्जुरी टाइममा भान जिकले गोल गरेपछि नेदरल्याण्ड्स सेमिफाइनलमा, जर्मनी रेलिगेट
PHOTO : UEFA

इन्जुरी टाइममा भर्जिल भान जिकले गोल गरेपछि जर्मनी विरुद्ध हार टारेको नेदरल्याण्ड्स 'युइएफए नेशन्स लिग'को सेमिफाइनलमा प्रवेश गरेको छ।

जर्मनीसँग २-२ को बराबरी खेलेको डच टोली लिग ए अन्तर्गत समूह ए को विजेता बन्दै अन्तिम चारमा पुग्ने चौथो टोली बनेको हो।

८५ मिनेटसम्म २-० ले पछि परेको नेदरल्याण्ड्सले अन्तिम पाँच मिनेटमा दुई गोल फर्काउँदै जर्मनी विरुद्ध अंक खोसेको हो।

नेदरल्याण्ड्सका लागि क्वाएन्सी प्रोमेसले ८५औँ मिनेटमा र भान जिकले इन्जुरी टाइममा गोल गरे। त्यसअघि टिमो वेर्नर र लरेय सानेले गोल गर्दै जर्मनीलाई २० मिनेटभित्र २-० को अग्रता दिलाएका थिए।

बराबरीपछि चार खेलबाट फ्रान्स समान ७ अंक जोडेको नेदरल्याण्ड्स समूह ए को विजेता बनेको हो।

जर्मनी भने यसअघि नै लिग ए बाट लिग बी मा घटुवा भइसकेको छ।

नेदरल्याण्ड्ससँगै पोर्चुगल, इंग्ल्याण्ड र स्वीट्जरल्याण्ड पहिलो संस्करणको नेशन्स कपको सेमिफाइनलमा पुगेको छ।

सेमिफाइनलको लागि आगामी डिसेम्वर ३ मा आयरल्याण्डमा ड्र हुनेछ। सेमिफाइनल खेल २०१९ जुनमा हुनेछ।

 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell