PahiloPost

Apr 26, 2024 | १४ बैशाख २०८१

स्क्रिन सेयर गर्दै दुई स्टार प्रदीप र साम्राज्ञी



पहिलोपोस्ट

स्क्रिन सेयर गर्दै  दुई स्टार प्रदीप र साम्राज्ञी

काठमाडौं: अभिनेता प्रदीप खड्का र अभिनेत्री साम्राज्ञी राज्यलक्ष्मी शाह नयाँ फिल्ममा अनुबन्धित भएका छन्। अब यी दुईलाई दर्शकले एकसाथ देख्न पाउँनेछन्। फिल्मको शिर्षक भने सार्वजनिक भएको छैन।

निर्माण टिम चाँडै फिल्मको नाम घोषणा गर्ने तयारीमा छन्। फिल्मलाई हेमराज बिसीले निर्देशन गर्ने भएका छन्। फिल्मलाई बिसीले नै लेखेका हुन्।

ह्याप्पी प्लानेट र काफिया फिल्मसले निर्माण गर्ने फिल्म असारसम्म छायाँकनमा जाने प्रस्तुतकर्ता गोविन्द शाहीले बताए। फिल्मको छायाँकन जर्मन, फ्रान्स, स्विजरल्यान्ड, बेल्जियम र इटालीमा गरिने बताइएको छ। प्रदीप र सामाग्री यसअघि डिस होमको विज्ञापनमा एकसाथ देखिएका थिए। यो फिल्म मार्फत उनीहरुले पहिलोपटक एकसाथ स्क्रिन सेयर गर्दैछन्। 

 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell