PahiloPost

Apr 27, 2024 | १५ बैशाख २०८१

कांग्रेस केन्द्रीय समिति बस्दै, सुल्झिएला नेविसंघको विवाद?



पहिलोपोस्ट

कांग्रेस केन्द्रीय समिति बस्दै, सुल्झिएला नेविसंघको विवाद?

काठमाडौँः नेपाली कांग्रेस केन्द्रीय समिति बैठक आज पनि बस्दैछ। नेपाल विद्यार्थी संघको कार्यकाल सकिँदै गर्दा नयाँ महाविधेशन वा तदर्थ समिति भन्ने विवादका कारण शनिबार बसेको बैठक अनिर्णित भएको थियो। विवाद बढेपछि बैठक आइतबार दिउँसो २ बजेसम्मका लागि स्थगित गरिएको थियो।

नेविसंघको विधानले तोकेको कार्यकाल आइतबारदेखि सकिँदैछ। कार्यसमितिको कार्यकाल सकिएपछि विधान संशोधन गरी वर्तमान कार्यसमितिलाई नै निरन्तरता दिने वा महाधिवेशनका लागि तदर्थ समिति बनाएर जाने विवाद छ। 

 पार्टी सहमहामन्त्री प्रकाश शरण महतको नेतृत्वमा गठित समितिले विधानमा गर्नुपर्ने परिमार्जनलगायत अन्य विषयमा धारण राखेपछि कार्यसमितिबारे निर्णय हुनेछ। 

कांग्रेसमा सभापति शेरबहादुर देउवपक्ष वर्तमान कार्यसमितिकै म्याद लम्ब्याउने पक्षमा छ। यस्तै, वरिष्ठ नेता रामचन्द्र पौडेल पक्ष महाधिवेशनका लागि तदर्थ समिति बनाएर जानुपर्ने अडानमा छ। सिटौला समूहले तत्काल महाधिवेशनको माग गर्दै आएको छ।

पार्टीका नेताहरुबीच विवाद भइरहँदा शनिबार विद्यार्थी नेताहरुले भने पार्टी कार्यालय सानेपामा नाराबाजी गरेका थिए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell