PahiloPost

Mar 19, 2024 | ६ चैत्र २०८०

बालुवाटारबाट निस्कन प्रधानमन्त्रीलाई चिकित्सकको रेड सिग्नल, आखिर किन र कहिलेसम्म?



सागर बुढाथोकी

बालुवाटारबाट निस्कन प्रधानमन्त्रीलाई चिकित्सकको रेड सिग्नल, आखिर किन र कहिलेसम्म?

काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओली ५ दिन लामो अस्पताल बसाई अन्त्य गरेर बालुवाटार फर्किएय यता सार्वजानिक कार्यक्रममा देखिएक छैनन्। अस्पतालबाट फर्किएको १५ दिन बितिसक्दा पनि उनी बालुवाटारमै भेटघाट गरिरहेका छन्। प्रधानमन्त्रीको कार्यभार निवासबाटै सम्हालिरहेका छन्।
 
उनका निजी चिकित्सक डाक्टर दिब्या सिंह प्रम ओलीलाई सार्वजानिक कार्यक्रममा जान 'ग्रिन सिग्नल' नदिइएको बताउँछिन्। अझै एक साता सार्वजानिक कार्यक्रममा जान  सुझाव नदिने उनको कथन छ। प्रम ओलीको सिहंले नियमित रुपमा बालुवाटारमै स्वास्थ्य परीक्षण गरिरहेकी छिन्। सिंहका अनुसार उनलाई 'रिकभर' हुन अझै समय लाग्छ। सोही कारण सार्वजानिक कार्यक्रममा जान र अनावश्यक भेटघाटलाई कम गरिएको हो।

'उहाँ अस्वस्थ नभएर कार्यक्रममा जान नदिएको होइन। स्वस्थ हुनहुन्छ। नियमित काम बालुवाटारबाट गरिरहनु भएको छ,' उनले भनिन्, 'लामो समयसम्म अस्पताल बसेर उपचार गरेको मानिस केही दिनमै पहिलेको अवस्थामा आउन टाइम लाग्छ। एक साता 'एण्टिबायोटिक' चलाएकाले पनि लामो समयसम्म रेस्टको जरुरत पर्छ।'

सिंहका अनुसार 'एण्टबायोटिक' चलाएको बिरामीले 'रेस्ट' र खानपानमा ध्यान दिएन भने 'ब्याक्टेरिया'हरु पहिलेको अवस्थामा फर्कन सक्छ। 'डोज' पूरा दिए पनि स्वास्थ्यमा ध्यान नपुर्याउँदा 'एण्टिबायोटिक'ले राम्रो काम गर्दैन। सिहंले भनिन्, 'उहाँलाई अहिले सार्वजानिक कार्यक्रममा जान दिइयो भने धेरै बोल्नुह्न्छ। धेरै किसिमका मानिसहरुसँग भेट हुन्छ। र, ब्याक्टेरियाले संक्रमण गराएर फेरि बिरामी गराउने सम्भावना हुन्छ।'

सिहंका अनुसार प्रम ओली बालुवाटारमै आराम गरिरहेका छन्। नियमित काम र भेटघाट भइरहेको छ। 'इन्फेक्सन' दोहोरिने डरले मात्र सार्वाजनिक कार्यक्रममा जान बन्देज लगाएको हो। भनिन्,  'यस्तो अवस्थामा  'रेस्ट' पुगेन भने चाडो 'रिकभर' हुन्न। हामीले उहाँलाई पहिलो अवस्थामा फर्काउन रेस्ट गराइरहेका छौं।' 

सिंहका अनुसार प्रम ओली अबको केही दिनमा सार्वजानिक कार्यक्रममा फर्कनेछन्। एक सातासम्म लाग्न सक्ने उनको कथन छ। भनिन्, 'कार्यक्रमको महत्व हेरेर मात्र उहाँ जानुहुन्छ अब। अनावश्यक कार्यक्रममा धेरै नजान सुझाव दिन्छौं।'

लामो समयदेखि सार्वजानिक कार्यक्रममा नदेखिएका ओलीको हिजो शुक्रबार पहिलो पटक सार्वजनिक कार्यक्रममा जाने कार्यक्रम तय थियो। तर, डाक्टर सिंहकै सल्लाह अनुसार उनी हिजोको कार्यक्रममा उपस्थित भएनन्।

हिजो शुक्रवार कोलम्बो प्रोसेसको छैटौं मन्त्रीस्तरीय बैठकको उद्घाटनका लागि प्रम ओलीलाई प्रमुख अतिथिको रुपमा निम्त्याइएको थियो। प्रधानमन्त्रीको सचिवालयले उनी कार्यक्रममा सहभागी हुने कार्यसूची समेत तयार पारेको थियो। लामो समय थलिएका प्रधानमन्त्री सार्वजनिक कार्यक्रममा उपस्थित मात्र हुँदै थिएनन्, बालुवाटारबाट पनि महिना दिन पछि औपचारिक कार्यक्रमका लागि बाहिरिँदै थिए।

तर,  निजी चिकित्सक सिंहले उनलाई कार्यक्रममा जान 'ग्रिन सिग्नल ' दिइनन्। र, प्रम ओली कार्यक्रममा गएनन्। 

टीका लगत्तै अस्वस्थ

प्रधानमन्त्री ओलीले दशैंको दिन राष्ट्रपति कार्यालय टीका थाप्न पुगेका थिए। त्यसयता उनले बालुवाटारमै पूर्णिमासम्म सर्वसाधारणलाई दशैंको टिका लगाएर बसेका थिए। सोही कारण उनलाई संक्रमण भएको थियो। 
 
त्यसयता कार्तिक १० गते शनिबार नेपाल कम्युनिस्ट पार्टी (ने क पा)को चियापान कार्यक्रममा सहभागी हुने कार्यक्रम तय थियो। तर, सो कार्यक्रममा अस्वस्थ भएपछि उपस्थित भएनन्। साँझसम्म उनी आउने आशमा कार्यकर्ताहरु बसेका थिए। त्यसको अघिल्लो दिन शुक्रबार उनी त्रिवि शिक्षण अस्पतालमा स्वास्थ्य परीक्षणका लागि पुगेका थिए। शुक्रबार नै मन्त्रिपरिषदको बैठक बालुवाटारमा डाकिएको थियो। बैठक ११ गते आइतबार ११ बजे सम्मका लागि सारियो, उनको स्वास्थ्य अवस्थाका कारण। 

त्यसको अघिल्लो दिन ८ गते चिकित्सक सन्तकुमार दास बालुवाटारमै पुगेर उनको स्वास्थ्य परीक्षण गरेका थिए। उनीसँग चिकित्सक दिलिप शर्मासमेत थिए।

त्यसयता उनी स्वास्थ्यलाभका लागि बालुवाटारमै थिए। उनी तन्दुरुस्त नभएकै कारण ११ गते ११ बजे बस्ने भनेको बैठक तीन बजेमात्र सुरु भयो। बैठक पनि छोटै समयमा टुंगियो। 

१२ गते सोमबार बिहान १ बजे उनका निजी चिकित्सक दिव्या सिंह अमेरिकाबाट काठमाडौँ आइपुगिन् र विहान २ बजे नै बालुवाटर पुगिन्। उनले प्रम ओलीलाई बिहान ४ बजे नै त्रिवि शिक्षण अस्पताल पुराइन्। 

त्रिवि शिक्षण अस्पतालको मनमोहन कार्डियो थोरासिक भास्कुलर एण्ड ट्रान्सप्लान्टको सीसीयुमा राखेर उपचार गरियो। उनी १६ कार्तिक, शुक्रबार उपचारपछि बालुवाटार फर्किए। त्यसयता उनी सार्वजानिक कार्यक्रममा देखिएका छैनन्।

प्रम ओलीले निजी चिकित्सकको सुझाव माने भने अझै एक साता बालुवाटारमै हुनेछन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell