PahiloPost

Apr 26, 2024 | १४ बैशाख २०८१

ताला फुटाई सामान चोरी गर्ने युवक पक्राउ



ताला फुटाई सामान चोरी गर्ने युवक पक्राउ

काठमाडौं: प्रहरीले ताला फुटाई पसलबाट सामान चोरी गरेको अभियोगमा रामेछाप दोरम्बाका गंगबहादुर मगरलाई पक्राउ गरेको छ। मगरले राजधानीका विभिन्न स्थानमा रहेका पसलमा ताला फुटाई ३० लाखभन्दा बढी रकमको सामान चोरी गरेको निवेदन प्रहरीकोमा परेको छ।

ट्याक्सीसमेत चलाउने मगरले राति फलामे रड प्रयोग गरी ताला फोर्ने गरेको प्रारम्भिक अनुसन्धानमा खुलेको महनगरीय प्रहरी परिसर काठमाडौंले जनाएको छ। मगर यसअघि पनि चोरी मुद्दामा पक्राउ परेका थिए। 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell