PahiloPost

Apr 26, 2024 | १४ बैशाख २०८१

मन्त्रिपरिषद् बैठक बस्यो, निर्णय 'गोप्य', प्रवक्ता भन्छन्- 'समय क्रममा तपाईँहरुले थाहा पाइहाल्नुहुन्छ'



पहिलोपोस्ट

मन्त्रिपरिषद् बैठक बस्यो, निर्णय 'गोप्य', प्रवक्ता भन्छन्- 'समय क्रममा तपाईँहरुले थाहा पाइहाल्नुहुन्छ'

काठमाडौँ : उपचार गरेर निवास फर्किएपछि पहिलो पटक आइतबार साँझ बालुवाटारमा बसेको मन्त्रिपरिषद् बैठकको निर्णय गोप्य राखिएको छ। 

यसअघि मन्त्रिपरिषद्को बैठक लगत्तै सरकारका प्रवक्ता वा उनको अनुपस्थितिमा कुनै मन्त्रीले सञ्चारकर्मीहरुलाई महत्त्वपूर्ण निर्णयहरुबारे जानकारी दिने गरिए पनि आज त्यस्तो गरिएन। 

आजको बैठकपछि बाहिरिएका सरकारका प्रवक्ता एवं सूचना प्रविधि तथा सञ्चार मन्त्री गोकुल बास्कोटाले 'आवश्यक निर्णयहरु गरिएको छ र समय क्रममा तपाईँहरुले थाहा पाइहाल्नुहुन्छ।' 

'आजका लागि यत्ति नै,' अरु बेला भए आइप्याड हेर्दै मन्त्रिपरिषद्का निर्णय वाचन गर्ने प्रवक्ता बास्कोटाले आज भने यति भन्दै विदा लिए।

प्रवक्ताले आधिकारिक रुपमा नबताए पनि बैठकमा उपस्थित नाम उल्लेख गर्न नमिल्ने स्रोतबाट तीन देशका लागि राजदूत सिफारिश गर्ने निर्णय चुहिएको छ। उनका अनुसार भारतका लागि निलाम्बर आचार्य तथा उदयराज पाण्डे र कृष्ण ढकाललाई मलेसिया र युएईका लागि  राजदूत सिफारिश गर्ने निर्णय भएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell