PahiloPost

May 19, 2024 | ६ जेठ २०८१

पिपिएल : पारस खड्काको चितवनको लगातार दोस्रो जित, काठमाडौँको पहिलो हार



पहिलोपोस्ट

पिपिएल : पारस खड्काको चितवनको लगातार दोस्रो जित, काठमाडौँको पहिलो हार

काठमाडौँ : काठमाडौँ रोएल्सको अपराजित यात्रा अन्त्य गर्दै चितवन राइनोजले पोखरा प्रिमियर लिग (पिपिएल) टी-२० क्रिकेटमा लगातार दोस्रो जित हात पारेको छ।

सुरुवाती दुई खेल हारेको चितवनले पुनरागमन गर्दै दुई खेल जित्ने क्रममा काठमाडौँलाई १३ रनले पराजित गरेको हो। जितपछि चितवनले ४ खेलबाट ४ अंक जोडेको छ र शीर्ष तीनको लागि दाबेदारी प्रस्तुत गरेको छ। काठमाडौँको हारपछि प्रतियोगितामा कुनै पनि टोली अपराजित छैनन्। 

दोस्रो जितपछि पारसको चितवन अंकतालिकामा तेस्रो स्थानमा उक्लेको छ भने ज्ञानेन्द्रको काठमाडौँ चौथो स्थानमा झरेको छ। तीन खेलबाट समान ४ अंक भएपनि काठमाडौँ रनरेटमा पछि परेको हो। यस्तै तीन खेलबाट समान ४ अंक जोडेको बुटवल ब्लास्टर्स र पोखरा पल्टन क्रमश: पहिलो र दोस्रो स्थानमा छ।

चितवनले दिएको १५० रनको लक्ष्य पछ्याएको काठमाडौँले २० ओभरमा ९ विकेट गुमाएर १३६ रन मात्र बनाउन सक्यो। काठमाडौँका लागि गौरव तोमरले सर्वाधिक ३९ रन बनाए। कप्तान ज्ञानेन्द्र मल्लले ३० तथा पवन सराफले २८ रन जोडे। बलिङमा चितवनका करण केसीले ३ तथा कप्तान पारस खड्काले २ विकेट लिए। 

त्यसअघि पोखरा रंगशालमा टस हारेर पहिले ब्याटिङ गरेको चितवनले ओपनर हरिशंकर शाहको अर्धशतक मद्दतमा ५ विकेट गुमाएर १४९ रन बनाएको थियो। शाहले ४९ बल खेल्दै ५ चौका र ३ छक्काको मद्दतमा ६० रन बनाए। यस्तै स्मिथ पटेलले ३१ तथा अनिल शाहले २७ रन जोडे। काठमाडौँका बसन्त रेग्मीले २ विकेट लिए। 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell