PahiloPost

Apr 24, 2024 | १२ बैशाख २०८१

गौचनलाई गोली हान्नेसहित पक्राउ परेका तीन जना अभियुक्त जेल चलान



पहिलोपोस्ट

गौचनलाई गोली हान्नेसहित पक्राउ परेका तीन जना अभियुक्त जेल चलान

काठमाडौँ : नेपाल निर्माण व्यवसायी महासङ्घका अध्यक्ष शरदकुमार गौचनको एक वर्षअघि भएको हत्यामा संलग्न भएको अभियोगमा पक्राउ परेका तीनै जनालाई आज जेल चलान गरिएको छ। 

महानगरीय अपराध अनुसन्धान महाशाखाका अनुसार गोली हान्ने अम्बरबहादुर राना मगर, रोशन बुढाथोकी, लोप्साङ भन्ने सोम तामाङलाई एसपी सोमेन्द्र राथौड नेतृत्वमा गएको टोलीले आइतबार भारतबाट नियन्त्रणमा लिएको थियो। पक्राउ परेका तीनै जनालाई महाशाखाले सोमबार पत्रकार सम्मेलन गर्दै सार्वजनिक गरेको थियो।

पक्राउ परेका तीनै जनालाई काठमाडौँ जिल्ला अदालतमा पेश गरेकामा अदालतको आदेशअनुसार कारागार चलान गरिएको हो।

गौचन मात्र हैन युवा सङ्घ रुपन्देहीका अध्यक्ष दुर्गा तिवारीको हत्यामा पनि उनीहरु संलग्न रहेको प्रहरी अनुसन्धानमा देखिएको छ। त्यस्तै  उनीहरुले गुन्डा नाइके दावा लामामाथि २०७३ चैतमा गोली प्रहार गरेको प्रहरी दावी छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell