PahiloPost

Mar 28, 2024 | १५ चैत्र २०८०

नेपाली महिला फुटबल टोलीको चीन भ्रमण : दुई खेलमा हार, एकमा जित



पहिलोपोस्ट

नेपाली महिला फुटबल टोलीको चीन भ्रमण : दुई खेलमा हार, एकमा जित
फोटो सौजन्य : एन्फा

काठमाडौँ : म्यानमारमा यही नोभेम्वर दोस्रो साता हुने ओलम्पिक छनोट प्रतियोगितामा सहभागि हुनुअघि चीन भ्रमणमा गएको नेपालको राष्ट्रिय महिला टोलीले मैत्रीपूर्ण खेलमा मिश्रित नतिजा हात पारेको छ।

नेपालले चीनमा खेलेका तीनमध्ये दुई खेलमा हार बेहोर्दा एक खेलमा जित हासिल गर्‍यो। बुधवार भएको अन्तिम मैत्रीपूर्ण खेलमा नेपाल बेइजिङ फोनेनिक्ससँग २-१ ले पराजित भयो। 

यस्तै सोमवार सोही टिमसँगको पहिलो खेलमा नेपाल ४-१ ले पराजित भएको थियो भने मंगलवार बेइजिङ स्पोर्ट्स युनिभर्सिटीलाई ३-० ले पराजित गरेको थियो।

नेपाली टोली अब शुक्रवार चीनबाटै म्यानमार प्रस्थान गर्नेछन्। २०२० मा जापनको टोकियोमा हुने ओलम्पिकको लागि एसियाली छनोटमा नेपालले प्रतिस्पर्धा गर्न लागेको हो। नेपालले समूह चरणमा भारत, बंगलादेश र म्यानमारसँग खेल्नेछ। 

नोभेम्वर ८ मा दक्षिण एसियाको बलियो टोली भारतसँग खेल्दै नेपालले छनोट यात्रा सुरु गर्नेछ। यस्तै नोभेम्बर ११ मा म्यानमार  र नोभेम्बर १३ मा बंगलादेशसंग प्रतिस्पर्धा गर्नेछ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell