PahiloPost

May 17, 2024 | ४ जेठ २०८१

साफ यू-१५ च्याम्पियनसिप : माल्दिभ्सले लगातार दुई खेल हारेपछि नेपाल र बंगलादेश सेमिफाइनलमा



पहिलोपोस्ट

साफ यू-१५ च्याम्पियनसिप : माल्दिभ्सले लगातार दुई खेल हारेपछि नेपाल र बंगलादेश सेमिफाइनलमा

काठमाडौँ : घरेलु टोली नेपाल र बंगलादेश समूह चरणको एक खेल खेल्नुअघि नै साफ यू-१५ ब्वाइज च्याम्पियनसिपको सेमिफाइनलमा स्थान बनाउन सफल भएको छ।

सातदोबाटोमा भइरहेको प्रतियोगिता अन्तर्गत शनिवार भएको खेलमा बंगलादेशले माल्दिभ्सलाई ९-० ले पराजित गरेपछि बंगलादेशसँगै नेपालले सेमिफाइनलमा स्थान सुरक्षित गरेको हो।

अघिल्लो खेलमा नेपालसँग ४-० ले पराजित भएको माल्दिभ्स भने लगातार दुई हारपछि समूह चरणबाटै बाहिरिएको छ।

अब नेपाल र बंगलादेशबीचको खेलपछि समूह ए को विजेता र उपविजेताको छिनोफानो हुनेछ। शनिवारै भएको समूह बी को खेलमा पाकिस्तानले भुटानलाई ४-० ले पारजित गर्दै सेमिफाइनलमा स्थान बनाएको छ। पाकिस्तानले पहिलो खेलमा भारतलाई २-१ ले पराजित गरेको थियो।

अब भारत र भुटानबीच हुने खेलको विजेता समूह बी को समूह उपविजेता बन्दै सेमिफाइनल पुग्नेछ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell