PahiloPost

May 15, 2024 | २ जेठ २०८१

‘नेकपा’को नाम विवादबारे निर्वाचन आयोगको निर्णय भोलिमात्रै



‘नेकपा’को नाम विवादबारे निर्वाचन आयोगको निर्णय भोलिमात्रै

काठमाडौं : नेकपा एमाले र माओवादी (केन्द्र)बीच एकता भई बनेको नेपाल कम्युनिष्ट पार्टी (ने क पा) र ऋषि कट्टेल नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को नामका विषयमा भएको विवादको फैसला निर्वाचन आयोगले भोलि सार्वजनिक गर्ने भएको छ।

बुधवार दुबै पक्षसँग छलफल गरेको निर्वाचन आयोगले सहमति जुटाउन नसकेपछि बुधवार साँझै आफ्नो निर्णय सुनाउने तयारी गरेको थियो।
 
बुधवार आयोगले आफ्नो निर्णय सुनाउन सकेन र बिहिवार पनि विवाद साम्य पार्न छलफल भयो। यद्यपि आयोगमा छलफल भएपनि निर्णयमा पुग्न सकिएको छैन।

प्रमुख निर्वाचन आयुक्त अयोधीप्रसाद यादवले छलफल जारी रहेको बताउँदै शुक्रवार मात्रै आयोगले निर्णय सुनाउने पहिलोपोस्टलाई जानकारी दिए।

निर्वाचन आयोगमा पहिलेदेखि नै दर्ता रहेको कट्टेलको नेपाल कम्युनिष्ट पार्टीसँग मिल्दोजुल्दो नेपाल कम्युनिष्ट पार्टी (ने क पा) नाम अरुलाई दिइएको भन्दै कट्टेल समूहले निर्वाचन आयोगमा निवेदन दिएको थियो।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell