PahiloPost

Apr 20, 2024 | ८ बैशाख २०८१

नेकपामा प्रदेश कमिटीका सदस्यको टुंगो लगाउने जिम्मा महासचिव पौडेल र बादललाई



नेकपामा प्रदेश कमिटीका सदस्यको टुंगो लगाउने जिम्मा महासचिव पौडेल र बादललाई

काठमाडौं: नेपाल कम्युनिस्ट पार्टी (ने क पा)ले प्रदेशका सदस्यहरुको टुंगो लगाउन कार्यदल गठन गरेको छ। बिहीवार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको सचिवालय बैठकले महासचिव विष्णु पौडेल र सचिवालय सदस्य रामबहादुर थापा ‘बादल’सम्मिलित दुई सदस्यीय कार्यदल बनाएको हो।

ने क पाले यस अघि प्रदेशका इञ्चार्ज, सहइञ्चार्ज, अध्यक्ष र सचिवको टुंगो लगाए पनि प्रदेश कमिटीमा रहने सदस्यहरुको भने टुंगो लगाएको थिएन।

बिहीवारको बैठकमा प्रदेश कमिटीमा रहने सदस्यहरुको टुंगो लगाउने जिम्मा दुई नेतालाई जिम्मा दिने निर्णय भएको हो।

ने क पाले प्रदेश कमिटीको एकीकरणका लागि गठित कार्यदलले दिएको प्रतिवेदनका आधारमा दुई नेता सम्मिलित कार्यदलले प्रदेश कमिटी सदस्यहरुको अन्तिम टुंगो लगाउने छ।

कार्यदलले तयार पारेको नामावलीलाई सचिवालयको बैठक बसी अन्तिम रुप दिइने बैठकपछि महासचिव पौडेलले जानकारी दिए।

त्यस्तै बैठकले केन्द्रीय सदस्यहरुको कार्यविभाजन गर्ने जिम्मेवारीसमेत यी दुई नेतालाई दिएको छ। ‘आजको बैठकले प्रदेश कमिटीमा रहने सदस्यहरुको नामावली तयार गर्नका लागि कार्यदल गठन गरेको छ,’ महासचिव पौडेलले भने, ‘कार्यदलले नामावली र कार्यगत बाँडफाँडको खाका बनाएर सचिवालयमा पेश गर्नेछ।’



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell