PahiloPost

Jun 27, 2026 | १३ असार २०८३

निमित्त स्वास्थ्य सचिवमा सुशीलनाथ प्याकुरेल



निमित्त स्वास्थ्य सचिवमा सुशीलनाथ प्याकुरेल

काठमाडौं: स्वास्थ्य मन्त्रालयका प्रमुख विशेषज्ञ डा सुशीलनाथ प्याकुरेललाई निमित्त स्वास्थ्य सचिवको जिम्मेवारी दिइएको छ। सचिव डा. पुष्पा चौधरीलाई स्वास्थ्य मन्त्रालयको जिम्मेवारीबाट हटाइएसँगै उनलाई निमित्त स्वास्थ्य सचिवको जिम्मेवारी दिइएको हो। उनी स्वास्थ्य मन्त्रालयका १२ औं तहका कर्मचारी हुन्। स्वास्थ्य सचिव चौधरीलाई भने प्रधानमन्त्री कार्यालय तानिएको छ।

सचिव भएसँगै विवादित बनेकी चौधरीलाई मन्त्रिपरिषद्को बैठकले  प्रधानमन्त्री कार्यालय सरुवा गरेको हो। डा. चौधरी अघिल्लो वर्ष स्वास्थ्य सचिवमा नियुक्त भएकी हुन्। उनको कामलाई लिएर केही समययता स्वास्थ्यमन्त्री उपेन्द्र यादव लगायत प्रधानमन्त्री केपी शर्मा ओलीसमेत असन्तुष्ट रहेको चर्चा चलेको थियो।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell