PahiloPost

May 9, 2024 | २७ बैशाख २०८१

युवतीको सहयोगमा व्यवसायीलाई 'ब्ल्याक मेलिङ' गर्ने पक्राउ



युवतीको सहयोगमा व्यवसायीलाई 'ब्ल्याक मेलिङ' गर्ने पक्राउ

काठमाडौं: युवतीको सहयोगमा विभिन्न व्यवसायीहरुलाई ब्लाक मेलिङ गर्ने दुई जनालाई प्रहरीले पक्राउ गरेको छ। महानगरीय अपराध अनुसन्धान महाशाखाको टोलीले मंगलवार र बुधवार दुई जनालाई पक्राउ गरेको हो।
  
पाँचथर हिलिहाङ गाउँपालिका वडा ४ की २५ वर्षीय इन्दिरा उप्रेती र गोरखा पालुङटार नगरपालिका वडा ८ का ३१ वर्षीय बद्रिनाथ लामिछानेलाई पक्राउ गरेको महाशाखाका एसएसपी धिरजप्रताप सिंहले जानकारी दिए।
 
ललितपुर कुपण्डोल क्षेत्रमामा बस्ने एक जना व्यवसायीलाई फेसबुक म्यासेन्जरमा निशा अधिकारीको नामबाट फ्रेन्ड रिक्वेस्ट पठाई इन्दिराले व्यवसायीको मोबाइल नम्बर मागेर फोन गरी काम छ भन्दै आफिसमा भेट्न गएकी थिइन्। 

गत कातिक १ गते इन्दिराले अफिसमा गई आफ्नो नाम ईन्दु भएको बताईन्। त्यसपछि उनले थाहा नपाउने गरी मोबाइलको भिडियो क्यामेरा अन गरी सोफामा राखी नजिक हुँदै व्यवसायीको छेउमा गई अंगालो मारी चुम्बनसमेत गरेको रेकर्ड गरेको प्रहरी अनुसन्धानमा खुलेको छ। 

अफिसबाट फर्किएपछि केही दिनमा नै गणेश लामा बताउने व्यक्तिले इमोबाट फोन गरी एक करोड रुपैयाँ माग गरेको नदिए भिडियो यूट्युब र फेसबुकमा हालिदिने धम्की दिएका थिए। 

उनीहरुलाई पक्राउ गरी अनुसन्धान गरिरहेको एसएसपी सिंहले जानकारी दिए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell