PahiloPost

May 6, 2024 | २४ बैशाख २०८१

सेभियासँगको खेलमा मेसीको दाहिने हात भाँच्चियो, तीन हप्ता नखेल्ने



सेभियासँगको खेलमा मेसीको दाहिने हात भाँच्चियो, तीन हप्ता नखेल्ने
फोटो: GETTY IMAGE

बार्सिलोना : अर्जेन्टिनाका स्ट्राइकर एवं स्पेनी क्लब बार्सिलोनाका स्टार खेलाडी लियोनेल मेसीको दाहिने हात भाँच्चिएको छ। 

बार्सिलोनाका कप्तान समेत रहेका मेसी क्याम्प नाउमा सेभिया बिरुद्धको खेलमा मैदानमा लडेका थिए। खेलको २६औं मिनेटमा उनी खेल छाड्न बाध्य भए। स्वास्थ्य परीक्षण गर्दा उनको दाहिने हातको हड्डी भाँच्चिएको पाइएको थियो। 

यसका कारण उनले तीन हप्ता फूटबल नखेल्ने भएका छन्। आराम गर्नुपर्ने भएका कारण उनी इन्टर मिलान, रियल म्याड्रिड, कल्चरल लियोनेसा, रायो भ्यालेकानो, इन्टर मिलान र बेटिस विरुद्धको खेलमा उपस्थित हुने छैनन्। 

बार्सिलोनाका व्यवस्थापक अर्नेस्टो भ्याल्भर्डले मेसीको अनुपस्थितिले टोलीलाई नोक्सान गर्ने भएपनि बार्सिलोनामा राम्रा खेलाडी अरु पनि रहेकाले खेल जित्नेमा आफू आशावादी रहेको बताए। रासस/एएनआई



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell