PahiloPost

Apr 27, 2024 | १५ बैशाख २०८१

छोरीसहित राष्ट्रपतिद्वारा शक्तिपीठहरुमा पूजाअर्चना : फोटो र भिडियो

छोरीसहित राष्ट्रपतिद्वारा शक्तिपीठहरुमा पूजाअर्चना : फोटो र भिडियो


काठमाडौँ : महाअष्टमीको शुभदिन आज राष्ट्रपति विद्यादेवी भण्डारीले काठमाडौँ उपत्यकाका विभिन्न स्थानमा अवस्थित शक्तिपीठ र देवीमन्दिरहरूमा पूजाअर्चना गरिन्।

राष्ट्रपतिका साथमा उनकी छोरी पनि थिइन्।  

राष्ट्रपति भण्डारीले गुह्येश्वरी, मैतीदेवी, कालिकास्थान, भद्रकाली, नक्साल भगती, शोभा भगवती, विजेश्वरी, नरदेवी, सङ्कटा भगवतीको श्रद्धाभक्तिपूर्वक पूजा आराधना गरेकी हुन्।  

आजै बिहान उनले काभ्रेको पलाञ्चोक भगवतीको दर्शन एवम् पूजा अर्चना गरेकी थिइन्।
 
महाअष्टमीका दिन शक्तिका प्रतीक महाकाली, महालक्ष्मी, महासरस्वती र देवी भगवतीको पूजाआराधना गर्नाले सुख, शान्ति र आरोग्य मिल्ने धार्मिक विश्वास छ।  


ट्रेन्डिङ पोस्ट

Ncell