PahiloPost

Apr 27, 2024 | १५ बैशाख २०८१

दशैं सुरक्षित बनाउन प्रहरीका १० टिप्स



पहिलोपोस्ट

दशैं सुरक्षित बनाउन प्रहरीका १० टिप्स

काठमाडौं : चाडपर्वमा राजधानीमा हुने विभिन्न अपराधलाई नियन्त्रण गर्न प्रहरीले विशेष सुरक्षा योजना लागू गरिसकेको छ। राजधानीमा मात्र अहिले ३ हजार ५ सयभन्दा बढी प्रहरी परिचालन भएका छन्। त्यस्तै एक सय भन्दा बढी सिभिल प्रहरी परिचालित छन्। तर, पनि राजधानीमा फाटफुट चोरी, लुटपाटका घटना भने भइ नै रहेका छन्। महानगरीय प्रहरी परिसर काठमाडौंले दश दिनको अवधिमा करिब २ सय जना चोरी गर्नेहरुलाई पक्राउ गरेको छ। दशैंको बेलामा हुने चोरी तथा घटना नियन्त्रण गर्ने परिसरका प्रमुख एसएसपी वसन्त लामा यस्तो दिन्छन्।

१.लामो समयको लागी घर छोडेर बाहिर जादा विश्वासिलो मानिसको जिम्ममा छोड्नुहोस्। खाली घर छोडेर जानुपर्ने भए छिमेकी वा प्रहरीलाई जानकारी दिनुहोस्।

२. रातको समयमा  आफ्नो घर, टोलमा हो हल्ला गरी हिड्ने तथा शंकास्पद व्यक्तिहरुको गतिविधि देखेमा प्रहरीमा तुरुन्तै खबर गर्नुहोस्। 

३.आफ्नो घरमा साइरन जडित उपकरण था सिसी क्यामराहरु जडान गर्नुहोला। रातिको समयमा सडकमा बत्तीको ब्यवस्था गर्नुहोस्। 

४. जुवा, तास, ढुकुटी आफु पनि नखेल्न, नखेलाउन र खेलको देखेमा प्रहरीलाई खबर गर्नुहोस्।

५. टोलमा नौलो असामान्य मानिस देखेमा निगरानी  गर्नुहोस् वा उसको बारेमा जानकारी राख्नुहोस्।

६. रातको समयमा कसैले ढोका ढकढक्याए नचिनिकन ढोका नखोल्नुहोस्।

७. बैंक तथा वित्तीय संस्थामा ठूलो रकम झिक्न र राख्न जाँदा विश्वासिलो मानिसलाई लिएर जानुहोस्। 

८. चोरी, डकैती, लुटपाट, गुण्डागर्दी भएको थाहा पाउने बित्तिकै प्रहरीलाई खबर गर्नुहोस्।

९. सार्वजनिक स्थानमा हिँड्डुल गर्दा सुनको गहना प्रयोग नगर्नुहोस् तथा साथमा  बढी रकम नबोक्नुहोला।

१०. सार्वजनिक सवारीमा यात्रा गर्दा सुनका गरगहना तथा धनमाल नबोक्नुुस्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell