PahiloPost

Apr 26, 2024 | १४ बैशाख २०८१

बेत्रावतीको दुर्घटनामा तीन जनाको मृत्यु



रासस

बेत्रावतीको दुर्घटनामा तीन जनाको मृत्यु
घाइतेलाई काठमाडौं लगिँदै। फोटो : रामहरि न्यौपाने/रासस

बेत्रावती : नुवाकोटको समुन्द्राटारबाट त्रिशूलीतर्फ जाँदै गरेको मिनीबस आज बिहान सूर्यगढी गाँउपालिका–५ गणेशस्थानमा दुर्घटना हुदाँ तीन जनाको मृत्यु भएको छ। 

दुर्घटनामा परी पञ्चकन्या गाउँपालिका–४ थप्रेकका २८ वर्षीया मिनु तामाङ, ५९ वर्षीय भगवान कडेल र चितवनको मुग्लिङका ५६ वर्षका बलराम तिवारीको मृत्यु भएको हो। जिल्ला प्रहरी प्रमुख वसन्तबहादुर कुँवरकाअनुसार तामाङ र तिवारीको घटनास्थलमा तथा कडेलको उपचारको क्रममा काठमाडौं स्थित ग्रिनसिटी अस्पतालमा मृत्यु भएको हो। उक्त बा १ ख ६३५६ नं को बस दुर्घटनामा दुर्घटनामा ५५ यात्रु घाइते भएका छन्। 

घाइते मध्ये ३३ जनाको उपचार काठमाडौं र २२ जनाको जिल्ला अस्पताल त्रिशुलीमा उपचार भइरहेको छ। गम्भीर घाइते चार जनालाई हेलिकोप्टरमार्फत् र बाँकीलाई एम्बुलेन्समार्फत् काठमाडौँ लगिएको प्रहरीले जनाएको छ। क्षमताभन्दा बढी यात्रु राखेका कारण दुर्घटना हुँदा सडकबाट १०० मिटर तल खसेको प्रहरीले जनाएको छ। 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell