PahiloPost

Apr 19, 2024 | ७ बैशाख २०८१

रामवीरको राजीनामा र वामदेव चुनाव लड्ने कुरा सकियो अब: प्रचण्ड



रामवीरको राजीनामा र वामदेव चुनाव लड्ने कुरा सकियो अब: प्रचण्ड

काठमाडौं: नेपाल कम्युनिस्ट पार्टी (ने क पा)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले काठमाडौँ ७ मा हुने भनिएको उपनिर्वाचनको लफडा सकिएको बताएका छन्।

शुक्रबार राजधानीको आलापोटमा आयोजित शुभकामना आदानप्रदान कार्यक्रममा प्रचण्डले उक्त भनाई राखेका हुन्।

विकास निर्माण छाडेर यो लफडामा नलाग्ने उल्लेख गर्दै उनले भने, ‘रामवीरको राजीनामा र वामदेव चुनाव लड्ने कुरा सकियो अब। यसमा केही टेन्सन लिनुपर्दैन। हिजो वामदेवजीले चुनाव लड्दिनँ भनिसक्नुभयो। यो लफडा सकियो।’ 

यसअघि बर्दिया-१ बाट पराजित नेकपा नेता वामदेव गौतमलाई संसदमा ल्याउन काठमाडौं-७ का प्रतिनिधिसभा सदस्य रामवीर मानन्धरले पद छाड्नका लागि पार्टीमा कुरा अघि बढाउने घोषणा गरेका थिए। पार्टीभित्र र बाहिरबाट उप-चुनावको चर्को आलोचना भएपछि वामदेव चुनाव लड्ने निर्णयबाट पछि हटेका छन्।

उनले विकास निर्माण र सुशासनमा केही महिनाभित्र जनताले देख्ने गरी काम गर्ने दाबी गरे। उनले भने ‘एक वर्ष नपुग्दै जनताले महसुस गर्ने दिन आउँछ।  दशैंपछि पार्टीलार्इ एकता पूर्णता दिने र विकासमा पनि जनताले अनुभूति गर्ने खालको काम हुँदैछ।' 

प्रचण्डले अबका ठुला काम भएको र साना कामलाई पनि प्राथमिकतामा राख्ने भनाईसमेत राखे। 'ठूला कामहरु भएका छन्। जसले देशलार्इ राम्रो भएको छ। अब जनताले चाहेका सानातिना कामलार्इ पनि प्राथमिकताका साथ अगाडि बढ्छौँ,' प्रचण्डले भने।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell