PahiloPost

Apr 26, 2024 | १४ बैशाख २०८१

तल्लोतहकाे एकता प्रक्रिया स्थायी कमिटीकाे बैठकबाट टुंगिन्छः इन्चार्ज शर्मा



रासस

तल्लोतहकाे एकता प्रक्रिया स्थायी कमिटीकाे बैठकबाट टुंगिन्छः  इन्चार्ज शर्मा
फाेटाेः रासस

सुर्खेतः नेपाल कम्युनिस्ट पार्टी (ने क पा)का कर्णाली प्रदेश इन्चार्ज जनार्दन शर्माले अब पार्टीभित्र कुनै गुट नहुने भन्दै विधि विधानसँग चल्ने बताएका छन्।  प्रदेश राजधानी सुर्खेतमा आयोजित दशैँकाे शुभकामना आदानप्रदान कार्यक्रममा इन्चार्ज शर्माले साे कुरा बताएका हुन्।

उनले पार्टीकाे तल्लोतहकाे एकता प्रक्रियाले पूर्णता नपाएको र पार्टी स्थायी कमिटीको आगामी कात्तिक ४ गते बस्ने बैठकले सबै टुङ्गो लगाउने जानकारी दिए।

साथै उनले कर्णाली प्रदेशको विकासका लागि डटेर लाग्ने बताए। 'हाम्रो कर्णाली हामी आफैँ बनाउँछौँ', उनले भने, 'यसका लागि यहाँस्थित सबैले योगदान पुर्‍याउनु पर्दछ।'

उनले कर्णाली प्रदेश सरकारसँगको बैठकमा सरकारको आवश्यकतामा मद्दत गर्ने, प्रदेशको सरकारको संरचना निर्माणमा सहयोग पुर्‍याउने, कर्णाली विकासको ५–१५–५० वर्षीय रणनीति तथा व्यवस्थित योजना निर्माण गर्ने निर्णय भएको बताए। योजनाभन्दा कार्यान्वयन र परिणामसमेत महत्वाकाङ्क्षी हुनुपर्नेमा शर्माले जोड दिए। 

'कर्णाली प्रदेशमा हाल पूर्वाधारका साथै जनशक्ति अभाव छ। कर्मचारीको पुनःसंरचना हुनसकेको छैन', उनले भने, 'सङ्घर्ष र छलफलका बीचबाट रुपान्तरणको अभियान थाल्छौँ।' कर्णालीमा ३३ प्रतिशत मात्र कर्मचारी आएको बताउँदै उनले अब प्रदेश सरकारले आफैँले कर्मचारी भर्ना गर्ने बताए। रासस



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell