PahiloPost

Apr 27, 2024 | १५ बैशाख २०८१

एसिड आक्रमणमा परेकी वसन्तीलाई सीमाले जुटाइन् एक लाख



एसिड आक्रमणमा परेकी वसन्तीलाई सीमाले जुटाइन् एक लाख

काठमाडौं: नवलपरासीमा एसिड आक्रमणमा परेकी वसन्ती परियारलाई चार वर्षअघि वसन्तपुरमा एसिड आक्रमणमा परेकी सीमा बस्नेतले एक लाख रुपैयाँ सहयोग जुटाएकी छिन्। उक्त रकम बस्नेतले वसन्तीका श्रीमान यमनारायण परियारलाई शिक्षण अस्पतालमा हस्तान्तरण गरिन्। 

१९ दिन अघि एसिड आक्रमणमा परेकी वसन्ती शिक्षण अस्पतालमा उपचाररत छिन्। सामाजिक सञ्जाल फेसबुकको माध्यमबाट सहयोग रकम संकलन भएको सीमाले बताइन्। सीमाले यसअघि रौतहटमा एसिड आक्रमणमा परेकी दिदी बहिनीको सुस्मिता दास र सम्झना दासको परिवारलाई ७० हजार सहयोग जुटाएकी थिइन्।

विभिन्न ठाउँमा बसोबास गर्ने नेपालीले वसन्तीको आर्थिक अवस्था कमजोर भएको थाहा पाएपछि सहयोग गरेको सीमाले बताइन्। भनिन्,  'एसिडको उपचार अत्यन्तै महंगो हुन्छ। मैले फेसबुकमार्फत सहयोग मागेको थिए। त्यहाँबाट प्राप्त भएको रकम नै उहाँहरुलाई दिएको हुँ।'

रकम हस्तान्तरण गर्न अस्पतालमा सीमा बस्नेतसँगै एसिड पीडित संगीता मगर पनि पुगेकी थिइन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell