PahiloPost

Apr 20, 2024 | ८ बैशाख २०८१

मानन्धरकाे राजीनाबारे प्रचण्डले भनेः वामदेव हार्ने गरी उपनिर्वाचन गरिँदैन ढुक्क हुनुस्



पहिलोपोस्ट

मानन्धरकाे राजीनाबारे प्रचण्डले भनेः वामदेव हार्ने गरी उपनिर्वाचन गरिँदैन ढुक्क हुनुस्
फाइल फोटो

काठमाडाैँः सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (ने क पा) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले काठमाडौं क्षेत्र नम्बर ७ मा उपनिर्वाचन हुने विषयमा पार्टीमा निर्णय हुन बाँकी रहेको बताएका छन् । 

सांसद रामवीर मानन्धरले राजीनामा दिएर नेता वामदेव गौतमलाई चुनाव लडाउने चर्चा भइरहेका बेला अध्यक्ष प्रचण्डले सो सम्बन्धमा पार्टीभित्र निर्णय भइनसकेको बताएका हुन्। उनले काठमाडौं क्षेत्र नम्बर ७ मा पार्टीको सिट गुम्ने गरी उपनिर्वाचन नहुने भन्दै पार्टीका नेता, कार्यकर्तालाई ढुक्क हुन पनि आग्रह गरे।

बुधबार दशैको अवसर पारेर काठमाडौंमा आयोजित शुभकामना आदानप्रदान तथा चियापान कार्यक्रममा अध्यक्ष प्रचण्डले केपी ओली नेतृत्वको सरकारलाई पाँच वर्षसम्म शासन गर्न कुनै व्यवधान नरहेको स्पष्ट पारे । उनले पार्टी र सरकारको कामलाई समिक्षा गर्दै अगाडि बढाउने प्रतिवद्धता व्यक्त गरे।

अध्यक्ष प्रचण्डले मुलुकमा लगानीको वातावरण बनाउन आवश्यक ऐन, कानुन, नीति बनाउन पनि सरकारलाई आग्रह गरे। 

 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell