PahiloPost

May 8, 2024 | २६ बैशाख २०८१

बझाङमा जिप दुर्घटना, दुई जनाको मृत्यु, ११ जना घाइते



एम बम

बझाङमा जिप दुर्घटना, दुई जनाको मृत्यु, ११ जना घाइते

कैलालीः बझाङमा आज बिहान जिप दुर्घटना हुदा २ जनाको मृत्यु भएको छ भने ११ जना घाइते भएका छन्। बागथलाबाट विजगडाका लागि छुटेको से १ ज ७२६ नम्बरको जिप दुर्घटना हुँदा २ जनाको घटनास्थलमै मृत्यु भएको क्षेत्रीय ट्राफिक प्रहरी कार्यालय अत्तरीयाले जनाएको छ। 

जिल्लाको बुंगल नगरपालिका–५ मणीबगर भन्ने ठाँउमा जिप दुर्घटना भएको हो। दुर्घटनामा परी कञ्चनपुरको बेदकोट नगरपालिका – ५ का ६५ वर्षीय बिष्नादेवी बोहरा र कैलालीको घोडाघोडी नगरपालिका ५ का ५६ वर्षीय धनबहादुर बोहराको मृत्यु भएको हो। 

११ जना घाइतेको उद्धार जारी रहेको प्रहरीले जनाएको छ। सदरमुकामबाट ५२ किलोमिटरको दुर्गममा दुर्घटना भएकाले उद्धारमा समस्या भइरहेको क्षेत्रीय ट्राफिक प्रहरी कार्यालय अत्तरियाले जनाएको छ। 
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell