PahiloPost

Apr 19, 2024 | ७ बैशाख २०८१

गाउँपालिकाले दिएको परिचयपत्र छाडेर बसाई सारे राउटे



पी बी खड्का

गाउँपालिकाले दिएको परिचयपत्र छाडेर बसाई सारे राउटे

सुर्खेतः दैलेखको गुराँस गाउँपालिकाले फिरन्ते जीवन विताउँदै अाएका 'राउटे' जातिलाई परिचय पत्रसहितको सुरक्षा भत्ता दिए पनि बसाइसरार्इकाे क्रम राेकिएन। स्थायी परिचय पत्र पाएको करीब तीन महिना नबित्दै राउटे सुर्खेतको लेकबेशी नगरपालिकाको वडा १० साटाखानीमा बसाइ सरेका हुन्।

गाउँपालिकाले स्थायी रुपमा बसोबासको व्यवस्था मिलाए पनि उनीहरु सुर्खेत झरे। साटाखानीमा भर्खर बसाइ सरी आएका राउटेका मुखियाँ दीलबहादुर शाहीले परापूर्वकालदेखिको चलन छोड्न नसकिने बताए। ‘हाम्रो बाउ बाजे ठाउँ–ठाउँमा घुम्दै आयो ।’ उनले भने,‘हामी मात्रै एकै ठाउँमा बस्न सक्दैनौँ। हाम्रो घर भनेकै जङ्गल हो।’ 

परिचय पत्रसहित गाउँपालिकाले सुरक्षा भत्ता दिएको थियो । अब त पाउनुहुन्न भन्ने जिज्ञासामा उनले भने,‘परिचय पत्रले केही पनि दिएन्, न खान, दियो न घर बनायो। कसै कसैको त उतिबेला नै हरायो के गर्ने।’

गाउँपालिकाले स्थायीबासीन्दा बनाउने भन्दै असार मसान्तमा एक कार्यक्रमको आयोजना गरी तामझामका साथ परिचय पत्र वितरण गर्‍यो।प्रदेश सरकारका पदाधिकारी र गाउँपालिका अध्यक्षले राउटे गुराँसका स्थायी नागरिक भन्दै परिचयपत्र थमाएका थिए।
 
गाउँपालिकाले गर्चेखोलामा बस्दै आएका ४२ घरधुरिका १ सय ४९ जना राउटेलाई स्थायी परिचयपत्र प्रदान गरेका थिए। गाउँपालिकाका अध्यक्ष खेमराज ओलीले राउटेको जीवनस्तर सुधार गरेर स्थायी नागरिक बनाउने भन्दै परिचय पत्र वितरण गरेका थिए। उनीहरुको शिक्षा, स्वास्थ्य लगाएतको रेखदेख गर्न गाउँपालिकाले एक नीजि गैरसरकारी संस्थाको सहयोगमा तीन जना कर्मचारी समेत खटाएको थियो।  

उनीहरुले जता बसाइसराइ गरे पनि गुराँसको स्थायी नागरिक भएको अध्यक्ष ओलीले बताए। ‘हामीले राउटेलाई स्थायी परिचय पत्र दिएका छौँ, शिक्षा र स्वास्थ्यलाई समेत हेर्न तीन जना कर्मचारी खटाएका छौँ।’ उनले भने

आफूहरुले निकै जिम्मेवार भएर उनीहरुलाई स्थायी रुपमा बसोबास गराउन खोजेको भए पनि नमानेको बताए । ‘ निकै घुलमिल भएर उनीहरुको दैनिक जीवसँग नजिक हुँदा पनि कुरा बुझाउन सकिएन्।’ अध्यक्ष ओली भने,‘आफ्नै गाउँपालिकाको स्थायी नागरिक बनाउने पहलमा धेरै लागियो अहिले आएर बसाइ सरे।’ 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell