PahiloPost

Apr 20, 2024 | ८ बैशाख २०८१

भक्तपुरमा रातिसम्म तनाव : आक्रोशित प्रदर्शनकारीमाथि नौ राउन्ड अश्रुग्यास प्रहार



पहिलोपोस्ट

भक्तपुरमा रातिसम्म तनाव : आक्रोशित प्रदर्शनकारीमाथि नौ राउन्ड अश्रुग्यास प्रहार
फोटो तथा भिडियो साभार : कूल विवेक/फेसबुक

काठमाडौँ : टिपरले मोटरसाइकललाई ठक्कर दिएर चालकको ज्यान गएपछि आक्रोशित प्रदर्शनकारीहरुलाई नियन्त्रणमा लिन बुधबार राति प्रहरीले भक्तपुरको सूर्यविनायकमा अश्रुग्यास प्रहार गर्नुपरेको छ। 

एसपी हिमाल श्रेष्ठका अनुसार बा. ४ ख ३६५० नम्बरको टिपरले बा. ८८ प ८५२ नम्बरको मोटरसाइकललाई ठक्कर दिएको थियो। दुर्घटनामा २५ वर्षका मोटरसाइकल चालक रामकृष्ण श्रेष्ठको मृत्यु भएको थियो। 

घटनाले आक्रोशित स्थानीय बासिन्दाले टिपर जलाइदिएका थिए। टिपरमा लागेको आगो निभाउन आएको दमकललाई समेत प्रदर्शनकारीले ढुंगामुढा गरेपछि प्रहरीले स्थितिलाई नियन्त्रणमा लिन नौ राउन्ड अश्रुग्यास प्रहार गरेको एसपी श्रेष्ठले बताए। उनका अनुसार यो समाचार तयार पार्दा राति ११ बजे स्थिति नियन्त्रणमा आइसकेको छ। 

टिपर चलाउन तीन घण्टा समय थप

टिपरले दुर्घटना गराई ज्यान जाने घटना बढेपछि राति ८ बजेदेखि बिहान ५ बजेसम्म नौ घण्टामात्र काठमाडौँभित्र रिङरोड र रिङरोडभित्र र कोटेश्वर जडिबुटीसम्मको सडकखण्डमा टिपर चलाउन प्रतिबन्ध लगाइएको थियो। 

तर निर्माण सामाग्रीको ढुवानीमा बाधा परेको भन्दै निर्माण व्यवसायीहरुले विरोध गरेपछि अब तीन घण्टा समय थप गरिएको छ। आज काठमाडौँका प्रमुख जिल्ला अधिकारी रामप्रसाद आचार्यको अध्यक्षतामा बसेको जिल्ला सुरक्षा समितिको  बैठकले बेलुकी ७ बजेदेखि बिहान ७ बजेसम्म १२ घण्टा टिपर चलाउन दिने निर्णय गरेको हो। 

 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell