PahiloPost

Aug 17, 2026 | १ भदौ २०८३

प्रधानमन्त्री ओलीलाई कोस्टारिकाले दियो मानार्थ विद्यावारिधि उपाधि



पहिलोपोस्ट

प्रधानमन्त्री ओलीलाई कोस्टारिकाले दियो मानार्थ विद्यावारिधि उपाधि

काठमाडौँः प्रधानमन्त्री केपी शर्मा ओलीलाई कोस्टारिकामा मानार्थ विद्यावारिधि प्रदान गरिएको छ। युनिभर्सिटी फर पिसले प्रधानमन्त्री ओलीलाई नेपालमा शान्ति स्थापना तथा प्रजातन्त्रलाई संस्थागत गर्न महत्त्वपूर्ण भूमिका खेलेको भन्दै मानार्थ विद्यावारिधिको उपाधि प्रदान गरेको हो। 

योसँगै प्रधानमन्त्री ओलीले दुईवटा मानार्थ विद्यावारिधि उपाधि प्राप्त गरेका छन्। गत चैतमा भारतको राजकीय भ्रमणका बेला त्यहाँको उत्तरखण्डामा रहेको गोविन्द बल्लभ पन्त कृषि तथा प्रविधि विश्वविद्यालयले उनलाई मानार्थ विद्यावारिधि उपाधि दिएको थियो।

उनलाई सन् २००९ मा पहिलोपटक ग्रिनफोर्ड विश्वविद्यालयले मानार्थ विद्यावारिधि दिएको थियो। विश्वविद्यालय नै विवादमा आएपछि मानार्थ उपाधि पाएकाहरु मह जोडी, रामेश्वर थापाले उपाधि फिर्ता गरेको घाेषणा गरेका थिए। तर अाेलीले फिर्ता गरेका थिएनन्। 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell