PahiloPost

Apr 27, 2024 | १५ बैशाख २०८१

नेपाल जनस्वास्थ्य सङ्घको अध्यक्षमा श्रीकृष्ण भट्ट निर्वाचित



नेपाल जनस्वास्थ्य सङ्घको अध्यक्षमा श्रीकृष्ण भट्ट निर्वाचित

काठमाडौंः नेपाल जनस्वास्थ्य सङ्घको अध्यक्षमा नेपाल जनस्वास्थ्यकर्मी सङ्घ(प्रजातान्त्रिक)समूहका श्रीकृष्ण भट्ट निर्वाचित भएका छन्। भट्ट ६ सय ४ मत प्राप्त गरी विजयी भएका हुन्।

 काठमाडौँसहित सातै प्रदेशको राजधानीमा शनिबार सम्पन्न निर्वाचनमा भट्टका निकटतम् प्रतिद्वन्द्वी नेपाल जनस्वास्थ्यकर्मी (प्रगतिशील) समूहका अध्यक्ष डा मोहनकृष्ण सापकोटाले ५ सय २७ मत प्राप्त गरेका थिए। हाल सङ्घअन्तर्गत करीब एक हजार ६ सय सदस्य रहेकामा एक हजार ४ सय९० मत खसेको बताइएको छ ।

यसैगरी उपाध्यक्ष, महासचिव, कोषाध्यक्ष र सहकोषाध्यक्षमा प्रजातान्त्रिक समूहका तर्फबाट क्रमशः कृष्णमान शाक्य, महेश्वर श्रेष्ठ, विनोद जोशी र सञ्जीवकुमार साह विजयी भएका छन्। सचिव पदमा भने नेपाल जनस्वास्थ्यकर्मी (प्रगतिशील) समूहका दीपेन्द्र खड्का विजयी भएका छन्।

 

सङ्घको कार्यसमितिको १५ पदमा निर्वाचन भएको थियो । निर्वाचनमा सदस्य पदमा रविकान्त मिश्र, कमल रानाभाट, निधुराम दङ्गाल, राजनबाबु सिलवाल, कैलाश श्रेष्ठ, रामचन्द्र सिन्हा, प्रजिता माली, रोशन लामा र विमला भट्ट विजयी भएको छन्।

हाल देशभर १६ शिक्षण संस्थामा जनस्वास्थ्य विषयको अध्ययन हुन्छ । वर्षेनी एक हजारको हाराहारीमा स्नातक तह उत्तीर्ण हुने गर्दछन् । रासस



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell