PahiloPost

Apr 26, 2024 | १४ बैशाख २०८१

नेपाली समाजलाई व्यङ्ग्य गर्दै 'सानो वृत्तमा कमिलाहरू'



पहिलोपोस्ट

नेपाली समाजलाई व्यङ्ग्य गर्दै 'सानो वृत्तमा कमिलाहरू'

शिल्पी थिएटरमा नाटक 'सानो वृत्तमा कमिलाहरू' मञ्चन भइरहेको छ। नेदरल्यान्ड्सका लिमा रोड निर्देशित तथा परिकल्पना गरिएको नाटकले व्यस्तता र बेवास्ताबीच आफ्नो पहिचान र अस्तित्व खोज्ने भिडको कथा भन्छ।

नेदरल्यान्डसको नागरिकले नेपाली समाजलाई कस्तो देखे, कसरी बुझे त्यस्तै व्याख्या गरे, नाटकमार्फत। के हामी त्यस्तै छैनौं? सोच्न बाध्य बनाउँछ नाटकले। हाम्रो समाजको अस्तव्यस्तता, चेतनाको स्तर, मानवीय संवेदनाको पाटो, राजनीति, धर्म आदि विषयले निम्त्याएको अवस्थालाई कलात्मक ढङ्गमा चित्रण गरिएको छ। नाटक हाम्रो स्थितिमाथि व्यङ्ग्य हो।

नाटकमा एउटा मात्र कथा छैन। फरक फरक धेरै कथा छन्। तर संवादको कम प्रयोग गरेरै घटनाक्रम बुझाउन सफल छन् निर्देशक रोडसाथै कलाकारहरु।

अष्ट्रियन रङ्गकर्मी पिटर ह्याङ्केको नाटक ‘दि आवर वि नो नथिङ अफ इच अदर’ नाटकको शैलीबाट प्रभावित भनिएको नाटकको मुल सेटिङ सडक हो। जहाँ जस्तो पृष्ठभूमिका मान्छे पनि हिड्छन्, ठोकिन्छन्, जम्मा हुन्छन्। त्यही सडकमा देखिनेहरुको प्रवृत्ती, शैली, व्यवहार देखाइन्छ र व्याख्याका लागि दर्शकलाई ढोका खुला राखिन्छ।

नाटकमा रविन परियार, शान्ति लामा तामाङ, मोहन प्रकाश, शैलेन्द्र थेवे, नगेन माखिम, मञ्जरी दवाडी, पेस्ला कटुवाल, गोविन्द ओली, निसिम श्रेष्ठ, दीपखिशा दवाडी, अवतार पाठक, असीम खनाल, शरद गिरी, समीत भण्डारीलगायतको अभिनय छ। नाटक असोजको २० गतेसम्म मङ्गलबार बाहेक हरेक दिन ५:३० बजे मञ्चन हुनेछ। 

 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell