PahiloPost

Aug 25, 2026 | ९ भदौ २०८३

व्यवसायीलाई धम्काएर पैसा उठाउने थप एक  प्रहरी  पक्राउ



पहिलोपोस्ट

व्यवसायीलाई धम्काएर पैसा उठाउने थप एक  प्रहरी  पक्राउ

काठमाडौः अख्तियार दुरुपयोग अनुसन्धान आयोगले काठमाडौँको काँडाघारी क्षेत्रमा बालुवा बेचबिखन गर्ने व्यवसायीलाई धम्क्याएर रकम उठाएको अभियोगमा महानगरीय प्रहरी प्रभाग काँडाघारीमा कार्यरत प्रहरी नायब निरीक्षक गोविन्द खरेललाई पक्राउ गरेको छ । 

आयोगका प्रवक्ता रामेश्वर दङ्गालका अनुसार व्यवसायीसँग घुस लिएको अभियोगमा आज प्रहरी नायब निरीक्षक खरेललाई पक्राउ गरिएको हो । 
आयोगले गत भदौ ३० गते सोही स्थानबाट १० प्रहरी कर्मचारीलाई पक्राउ गरेको थियो । पक्राउ परेका प्रहरी कर्मचारीसँगको बयानका आधारमा आज थप पक्राउ गरिएको हो ।
आरोपी खरेललाई नियन्त्रणमा लिइ अनुसन्धान भइरहेको आयोगले जनाएको छ । 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell