PahiloPost

May 27, 2026 | १३ जेठ २०८३

चिकित्सा शिक्षा विधेयक पारितमा ढिलाई : नागरिकको हैसियतमा पुन: अनशन बस्ने डा केसीको चेतावनी



चिकित्सा शिक्षा विधेयक पारितमा ढिलाई : नागरिकको हैसियतमा पुन: अनशन बस्ने डा केसीको चेतावनी

काठमाडौं: चिकित्सा शिक्षा विधेयक संसदको यो अधिवेशनबाट पारित नहुने खबर सार्वजानिक भएसँगै प्राध्यापक डा गोविन्द केसी आक्रोशित भएका छन्।  

उनले प्रेस विज्ञप्ती जारी गर्दै संसदको यही अधिवेशनबाट चिकित्सा शिक्षा ऐन निर्माण र सम्झौता कार्यन्यवन नभए फेरि अनशन बस्ने जनाएका छन्। उनले सुशासनको लागि कुशासन गर्ने विरुद्ध नागरिकको हैसियतमा अनशन बस्ने जनाएका हुन्।

माग पुरा गर्ने भन्दै अनशन तोडाएर लामो समयसम्म माग पुरा नगरी अलमल गरेकाले पनि आन्दोलन गर्नुपर्ने अवस्था आएको उनले बताएका छन्।

विधेयक संसदको शिक्षा तथा स्वास्थ्य समितिमा छलफलका क्रममा छ। समितिकी सभापति जयपुरी घर्ती हुन्। डा केसीले समितिको सभापतिले यो अधिवेशनमा विधेयक पास नहुने अभिव्यक्ति दिएको भन्दै आपत्ती जनाएका हुन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell