PahiloPost

May 8, 2024 | २६ बैशाख २०८१

चिकित्सा शिक्षा विधेयक र नागरिकता विधेयक छिटो पारित गर्न कांग्रेस सांसदको माग



चिकित्सा शिक्षा विधेयक र नागरिकता विधेयक छिटो पारित गर्न कांग्रेस सांसदको माग

काठमाडौं : संसदको चालु अधिवेशनबाटै चिकित्सा शिक्षा विधयेक र नागरिकता सम्बन्धी विधेयक पारित गर्नु पर्ने संसदहरुले माग गरेका छन्। जनतासँग प्रत्यक्ष जोडिएका विधेयकहरुलाई सरकारले रोकेको भन्दै सरकारको आलोचना गरिएको छ।

आजको प्रतिनिधि सभाको बैठकमा नेपाली कांग्रेसका सांसद डा.अमरेश कुमार सिंहले चिकित्सा शिक्षा विधेयक र नागरिकता विधेयक यसै अधिवेशनबाट पारित गराउन माग गरे।
‘चिकित्सा शिक्षा विधेयक र नागरिकता विधयेक यसै अधिवेशनबाट पारित गरियोस् होइन भने हामी संसदीय क्षेत्रमा जाने अवस्था रहँदैन,' सिंहले भने।

त्यसैगरी सिंहले पूर्वप्रधानसेनापतिद्वारा भएको भ्रष्टाचारको विषयमा छानविन गर्न संसदीय समिति गठन गर्नु पर्ने माग गरेका छन्। उनले निर्मला पन्तलगायतको घटनामा पनि छानविनका लागि संसदीय समिति बन्नु पर्ने माग गरे। 

चालु संसद अधिवेशनमा एउटा पनि संसदीय समिति नबनेको भन्दै संसद सरकारको पुच्छर बन्न लागेको भन्दै सिंहले आपत्ति जनाए। ‘कुनै पनि घटना हुँदा सर्वदलीय छानविन समिति किन बनेन? सरकारको पुच्छर संसद बन्दैन,’ उनले भने।

एसिड आक्रमणमा मारिएकी सम्झना दासलाई क्षतिपुर्ति र उपचार खर्च नदिएको भन्दै सरकारको आलोचना गरे। ‘अरु मर्दा १० लाख दिने सरकारले सम्झनाको परिवारलाई किन राहत दिएन?’
  
निजगढ विमान स्थलका विषयमा बोल्दै उनले तत्कालिन महरानीलाई पैसा चाहिएकोले त्यस बेला जंगल कटानी भएको र अहिले कस्लाई पैसा चाहेर जंगल कटानी गर्न लागेको भनी प्रश्न गरे।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell