PahiloPost

Apr 27, 2024 | १५ बैशाख २०८१

रोहिंग्या फिर्ता नलग्न म्यानमारले नयाँ बहाना बनाउँदै :हसिना



 रोहिंग्या फिर्ता नलग्न म्यानमारले नयाँ बहाना बनाउँदै :हसिना
फोटो: channelnewsasia.com

न्युयोर्क: बंगलादेशकी प्रधानमन्त्री शेख हसिनाले बंगलादेशमा शरणार्थी जीवन बिताइरहेका सात लाखभन्दा बढी रोहिंग्यालार्इ फिर्ता नलग्न म्यानमारले नयाँ बहाना बनाइ रहेको आरोप लगाएकी छिन्। पहिलालार्इ धेरै जनसंख्या भएको बंगलादेशमा शरणार्थीलार्इ स्थायी रुपमा बस्न दिन आफूले नसकिने उनले बताइन्। 

संयुक्त राष्ट्रसंघको साधरण सभामा भाग लिन न्युयोर्क पुगेकी हसिनाले पत्रकारले बंगलादेशले रोहिंग्या फर्काउने कदममा पुनविचार गर्ने सम्भावनाका बारे प्रश्न गर्दा उले आफ्नो राष्ट्रले उनीहरुलार्इ धेरै समय सम्म धान्न नसक्ने बताएकी हुन्।

हाल रोहिंग्याका सम्बन्धमा बंगलादेश म्यान्मारसँग युद्ध गर्ने सोचमा नरहेको उल्लेख गर्दै हसिनाले म्यानमारले केही महिना अघि रोहिंग्या फर्काउने भने गरेको सहमति पालना गर्नुपर्ने बताइन्।

यसअघि हसिनाले अन्तर्राष्ट्रिय समुदायलार्इ रोहिंग्याका सम्बन्धमा म्यान्मारलार्इ दबाब दिन आह्वान गरेकी थिइन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell