PahiloPost

Apr 26, 2024 | १४ बैशाख २०८१

ग्यासमा कमिसन नबढाए तालाचाबी सरकारलाई बुझाउने ग्यास बिक्रेता महासंघको चेतावनी



ग्यासमा कमिसन नबढाए तालाचाबी सरकारलाई बुझाउने ग्यास बिक्रेता महासंघको चेतावनी

काठमाडौं: ग्यास बिक्रेता महासंघ नेपालले ग्यास बिक्रीको कमिसन पाँच प्रतिशत वृद्धिको माग गरेको छ।

महासंघले विगत ६ वर्षदेखि बिक्रेताको कमिसन नबढेको भन्दै पाँच प्रतिशत कमिसन बढाउन माग गरेको हो। अहिले एक सिलिन्डर ग्यास बेच्दा बिक्रेताले ३२ रुपैयाँ कमिसन पाउँछन्। यो कमिसनमध्ये भ्याट बापत चार रुपैयाँ सरकारलार्इ बुझाउनुपर्छ।

‘सरकारले ग्यास उद्योगी र बिक्रेताको कमिसन, ढुवानी लगायतका बारेमा अध्ययन गर्न समिति बनाएको हामीले जानकारी पाएका छौं’महासंघका अध्यक्ष महेश्वर श्रेष्ठले सोमबार आयोजित छलफल कार्यक्रममा भने,’यो समितिले न्यायोचित रूपमा ग्यास उद्योगी र बिक्रेताको माग सम्बोधन गर्ने अपेक्षा गरेका छौं।’

उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले आइतबार अर्थमन्त्रालयका सहसचिव उदय सापकोटाको संयोजकत्वमा समिति गठन गरेको थियो। यो समितिले दिएको सुझावका आधारमा आपूर्ति मन्त्रालयले निर्णय गर्नेछ।उनका अनुसार अहिले पाइरहेको कमिसनले कुनै पनि बिक्रेता बाँच्न सक्दैनन्।

‘एउटा बिक्रेताले मासिक एक हजार ग्यास बिक्री गर्दा ३२ हजार आम्दानी हुन्छ। यो पैसाले कोठा भाडा पनि तिर्न सकिँदैन’ उनले भने,’कम्तीमा पाँच प्रतिशत कमिसन नबढे कसरी काम गर्ने ?’ महासंघका वरिष्ठ उपाध्यक्ष चन्द्र थापाले ग्यास उद्योग र बिक्रेता दुवैको कमिसन बढ्न नसक्दा समस्यामा रहेको बताउँदै कमिसन नबढे व्यवसाय नै गर्न नसक्ने अवस्थामा पुगेको बताए।‘कमिसन नबढेपछि हामीले ताला चाबी बुझाउने अवस्थामा पुगेका थियौं। तर सरकारले समस्या सम्बोधनका लागि समिति बनाएकाले हामी केही आशावादी भएका छौं’ उनले भने।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell