PahiloPost

Apr 27, 2024 | १५ बैशाख २०८१

प्रचार सामाग्रीसहित फिल्म 'अनुग्रह'को प्रदर्शन मिति सार्वजनिक



पहिलोपोस्ट

प्रचार सामाग्रीसहित फिल्म 'अनुग्रह'को प्रदर्शन मिति सार्वजनिक

काठमाडौं: फिल्म 'अनुग्रह' युनिटले रिलिज मिति तय गरेको छ। सामाजिक कथामा आधारित भनिएको फिल्म कार्तिक १६ गतेबाट प्रदर्शनमा वितरक सरोज शर्माले जानकारी दिए। फिल्मको रिलिज मितिसँगै पोस्टर र गीत पनि सार्वजनिक भएका छन्।

‘द ग्रेस’ अङ्ग्रेजी नाम दिइएको फिल्मको 'यो जीवनमा' बोलको गीत भिडियोसहित युट्युबमा छ। गीतमा शब्द तथा संगीत नविन सुब्बाको रहेको छ। गीतमा स्वर कमल रसाइली र अनिशा मैनालीको छ।

कुमार केसी निर्देशित फिल्ममा रोहन सेन्चुरी तथा भारतीय नायिका तथा मोडल आरती गुप्ता, सञ्जय न्यौपाने, राजन गिरी, दीपशिखा सिलवालको प्रमुख अभिनय रहेको छ।

विक्रम डीसीको छायांकन, तारा थापाको सम्पादन, नवीन सुब्बाको संगीत रहेको फिल्मलाई लक्ष्मी वैंकटेस सिने मेकर्स र अनुग्रह फिल्मसले प्रस्तुत गरेको हो।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell