PahiloPost

Apr 27, 2024 | १५ बैशाख २०८१

दक्षिण सुडानका इभान आतार आदाहलाई राष्ट्रसंघीय शरणार्थी पुरस्कार



दक्षिण सुडानका इभान आतार आदाहलाई राष्ट्रसंघीय शरणार्थी पुरस्कार
फोटो:UNHCR

जेनेभा: दक्षिण सुडानमा एक निजी अस्पताल सञ्चालन गर्दै आएका चिकित्सक इभान आतार आदाहलाई संयुक्त राष्ट्रसंघीय शरणार्थी निकाय (युएनएचसिआर)द्धारा दिइने 'नान्सेन रेफ्युजी अवार्ड' प्रदान गरिने भएको छ। 

आदाहले दक्षिण सुडानको बुन्ज शहरमा संचालन गरेको 'मबान अस्पताल'मा छिमेकमा पर्ने सुडानको ब्लु निले राज्यबाट आएका १ लाख ४४ हजार शरणार्थीलाई उपचार गरिएको थियो। उनले गरेको उपचारका कारण ठूलो संख्यामा शरणार्थीको ज्यान बचेको बताइएको छ। उनले निकै कठिन परिस्थितिमा पनि सो अस्पतालमा उपचार सेवा दिएका बताइएको छ। 

सो अस्पतालको 'एक्सरे मेशिन'समेत फुटेको, अरु सामानहरु पनि यथेस्ट मात्रामा नरहेको अवस्थामा आतार र उनको समूहले एउटा कोठामा एक मात्र चिमको सहायतामै हरेक हप्ता ६० वटा शल्यक्रिया गर्ने गरेका थिए। 

युएनएचसिआरका प्रमुख फिलिपो ग्रान्दीले कठिन परिस्थिति र सीमित साधन र स्रोतका बीच आतारले देखाएको मानवीय सेवाका कारण उक्त पुरस्कार दिइएको जानकारी दिए। 

उक्त पुरस्कारको छनौट शरणार्थीहरुका महिला, बालबालिका र अप्ठेरोमा परेका नागरिकलाई गरेको सहयोगको आधारमा गर्ने गरिन्छ। नर्वेको एक समूहले सो पुरस्कार छनौट गर्ने गर्छ। 

गत वर्ष यो पुरस्कार नाइजेरियाका जनाहा मुस्ताफालाई दिइएको थियो। उनलार्इ नाइजेरियको सशस्त्र समूह बोको हरामले अपहरण गरेका बालिकालाई अपहरणमुक्त गराएबापत सफ पुरस्कार दिइएको थियो। 

आगामी हप्ता नर्वेमा आयोजना गर्ने एक विशेष कार्यक्रममा सो पुरस्कार हस्तान्तरण गर्ने कार्यक्रम रहेको युएनएचसिआरले जानकारी दिएको छ।  रासस/एएफपी



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell