PahiloPost

May 2, 2024 | २० बैशाख २०८१

बीमामार्फत विपद्पछि हुने आर्थिक नोक्सानीलाई कम गर्दै जानुपर्छः अर्थमन्त्री खतिवडा



रासस

बीमामार्फत विपद्पछि हुने आर्थिक नोक्सानीलाई कम गर्दै जानुपर्छः अर्थमन्त्री खतिवडा

काठमाडौँः बीमा समिति र नेपाल बीमक सङ्घद्वारा संयुक्तरुपमा आयोजित ‘वित्तीय सुदृढीकरण, विपद् जोखिम वित्तीय व्यवस्थापन र बीमा’ विषयक २१ आैँ सम्मेलन आजदेखि काठमाडाैंमा शुरु भएको छ। 

दुईदिनसम्म सञ्चालन हुने उक्त सम्मोलनमा दक्षिण एशियाली क्षेत्रीय सहयोग सङ्गठन (सार्क) सहित विभिन्न देशका ५ सयभन्दा बढी बीमा कम्पनीका प्रतिनिधिको सहभागिता रहेको छ। सम्मेलनमा बीमासित सम्बन्धित नेतृत्व, मूल्याङ्कन, लघु बीमालगायत क्षेत्रमा अलगअलग कार्यपत्र प्रस्तुत हुनेछ। 

उक्त सम्मेलनमा मानव नवनिर्मित विपद् एवं प्राकृतिक विपद्पछि हुने क्षतिमा बीमाको जोखिमलाई कसरी न्यून गर्ने भन्ने विषयमा सहभागीहरू बीच अनुभव आदानप्रदान हुनेछ। 

अर्थमन्त्री युवराज खतिवडाले सम्मेलन उद्घाटनका क्रममा समग्र आर्थिक समृद्धिका लागि वर्तमान सरकारले आफ्नो ध्यान केन्द्रित गरेको भन्दै बीमामार्फत् विपद्पछि हुने आर्थिक नोक्सानीलाई कम गर्दै जानुपर्ने बताए। 

उनले सामाजिक सुरक्षाअन्तर्गत स्वास्थ्य बीमा कार्यक्रमलाई उच्च प्राथमिकता दिई सबै जनतालाई यसको पहुँचमा ल्याउन लागिएको उल्लेख गर्दै ७० वर्षमाथिका ज्येष्ठ नागरिकको स्वास्थ्य बीमाको दायित्व सरकारले नै व्यहोर्ने बताए । 

अर्थमन्त्री खतिवडाले भने, “यातायात, घरजग्गा व्यवसाय, उद्योगलगायत केही सीमित क्षेत्रमा रहेको बीमाको दायरालाई आगामी दिनमा बढाउँदै अन्य क्षेत्रमा विस्तार गर्न आवश्यक छ ।” उक्त समितिका अध्यक्ष चिरञ्जीवी चापागाई र सङ्घका अध्यक्ष दीपप्रकाश पाण्डेले विपद् जोखिमलाई कम गर्दै वित्तीय सुदृढीकरण गर्न चुनौती रहेको बताए। 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell