PahiloPost

Apr 27, 2024 | १५ बैशाख २०८१

नवलपरासीमा छिमेकीले नै युवतीमाथि हाने तेजाव, आक्रमणकै लागि भारतबाट ल्याएका थिए



सविन ढकाल

नवलपरासीमा छिमेकीले नै युवतीमाथि हाने तेजाव, आक्रमणकै लागि भारतबाट ल्याएका थिए
काठमाडौंमा उपचाररत सम्झना दास। उपचारकै क्रममा उनको मृत्यु भयो।

काठमाडौं : नवलपरासीमा एक महिलामाथि फेरि एसिड प्रहार भएको छ। सोमवार राति ८ बजेर ४५ मिनेटमा कावासोती नगरपालिका वडा नम्बर ८ की २६ वर्षीय वसन्ती परियारमाथि एसिड प्रहार भएको नवलपरासी प्रहरी प्रमुख राम थापाले जानकारी दिए। 

प्रहरीले एसिड प्रहार गरेको अभियोगमा ३७ वर्षीय विमल श्रीपालीलाई पक्राउ गरेको छ। एसपी थापाले भने, 'एसिड प्रहरा गर्ने एक पुरुषलाई पक्राउ गरी अनुसन्धान शुरु गरिसकेका छौं। उनले घटना स्वीकार गरिसकेका छन्। एसिड लागेकी महिला वसन्तीको अवस्था गम्भीर छ। उनको चितवनस्थित भरतपुर अस्पतालमा उपचार भइरहेको छ।

यसरी भयो घटना

सोमवार राति ८ बजेर ४५ मिनेटमा बजारबाट फर्किँदै गर्दा वसन्तीमाथि एसिड प्रहार भएको थियो। उनलाई छुरा प्रहरा पछि एसिड हानिएको हो। एसिड प्रहार गर्ने व्यक्ति छिमेकी हुन्। उनले बोतलमा बोकेर ल्याएको एसिड वसन्ती माथि प्रहार गरेका थिए। प्रहरीको अनुसन्धानमा श्रीपालीले केही साता अगाडि नै भारतबाट एसिड किनेर ल्याएको खुल्न आएको छ। एसपी थापाले पहिलोपोस्टसँग भने, 'पक्राउ परेको व्यक्तिले तिजको समयमा भारत गएको बेला एसिड किनेर घरमा ल्याएको खुलेको हो।'

पीडित महिला र अभियुक्त दुवै विवाहित हुन्। अभियुक्त श्रीपालीको आफ्नी श्रीमतीसँग पनि सम्बन्ध राम्रो छैन।   
                                                                                                                                                                                               

निरन्तर आक्रमण

गत भदौ २६ गते यस्तै एसिड आक्रमणमा परेकी रौतहट चन्द्रनिगाहापुरकी सम्झना दासको आइतवार मृत्यु भएको छ। एसिड आक्रमणमै परेकी उनकी १४ वर्षीया बहिनी सम्झना घाइते छिन्।

मुलुकी अपराध संहिताको १९३ को उपदफा २ मा (२) उपदफा (१) बमोजिमको कसूर गर्ने व्यक्तिलाई कसूरको प्रकृतिहेरी अनुहार कुरुप पारेमा पाँच वर्षदेखि आठ वर्षसम्म कैद र एक लाखरुपैयाँदेखि पाँच लाख रुपैयाँसम्म जरिबाना र शरीरको अन्य अङ्ग कुरुपपारेमा वा शरीरमा पीडा पुर्याएमा तीन वर्षदेखि पाँच वर्षसम्म कैद र पचास हजार रुपैयाँदेखि तीन लाख रुपैयाँसम्म जरिबाना हुने व्यवस्था गरिएको छ। 

त्यस्तै शरीरको अन्य अङ्ग कुरुप पारेमा वा जिउमा पीडा गराएमा तीनदेखि आठ वर्ष कैद र पचास हजारदेखि एक लाख पचास हजाररुपैयाँसम्म जरिवाना गरिने र जरिवाना बापतको पूरै रकम पीडितलाई दिइने ऐनमा उल्लेख छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell