PahiloPost

Dec 8, 2025 | २३ मंसिर २०८२

किमसँग छिट्टै दोस्रो शिखर वार्ता हुने ट्रम्पको विश्वास: विश्वमा आज



किमसँग छिट्टै दोस्रो शिखर वार्ता  हुने ट्रम्पको विश्वास: विश्वमा आज

ट्रम्पको विश्वास

अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले उत्तर कोरियाका नेता किम जोङ उनसँगको दोस्रो शिखर वार्ता छिट्टै हुने विश्वास व्यक्त गरेका छन्। राष्ट्रसंघको महासभामा पुगेका सञ्चारकर्मीसँगको भेटका क्रममा ट्रम्पले आफुहरुको अबको भेटवार्ताबाट पनि आश्चर्यजनक उपलब्धि हुनेमा विश्वास व्यक्त गरेका छन्र

उनले धेरै बिषयहरूमा छलफलपछि व्यापक सहमतिका आधार बनेका र अर्को भेट टाढा नभएको प्रतिक्रिया दिँदै भने  'हाम्रो दोस्रो शिखर सम्मेलन मलाई चाडै नै होला जस्तो लागेको छ।' 

ट्रम्प र किमबीचको बहुचर्चित पहिलो शिखर सम्मेलन यसअघि गत जुनमा सिंगापुरमा भएको थियो। 

जोखिममा बालबालिका

लिवियाको राजधानी त्रिपोलीमा अहिले झण्डै पाँच लाख बालबालिका उच्च जोखिमा रहेको संयुक्त राष्ट्रसंघीय बालकोष (युनिसेफ)ले जनाएको छ। पछिल्लो समयमा भएका भिडन्तहरूकै कारण विस्थापित हुनेहरूको संख्या २५ हजार भन्दा बढी पुगेको र ती मध्ये आधाजति बालबालिका रहेको जनाइएको छ। विद्रोही लडाकूहरुसँगको भिडन्तमा अगस्टको अन्त्यदेखि गत शनिबारसम्ममा कम्तीमा ११५ जना आम नागरिक मारिएका र झण्डै ४०० घाइते भएका छन्। 

राष्ट्रसंघमाथि प्रहार 

म्यान्मारका सेना प्रमुख मिन आङ हाइङले संयुक्त राष्ट्रसंघलाई आफ्नो देशको सार्वभौमिकतामाथि हस्तक्षेप गर्ने कुनै अधिकार नभएको बताएका छन्। संयुक्त राष्ट्रसंघका अनुसन्धानकर्ताहरुले अल्पसंख्यक रोहिंग्या मुसलमान समुदायविरुद्ध जातीय सफाया गर्ने उद्देश्यले हत्याहिंसा गरेको म्यान्मारको सेना प्रमुख लगायत उच्च सैनिक अधिकारीहरु माथि मानवता विरुद्ध अपराध र जातीर नरसंहार गरेको आरोपमा मुद्दा चलाउनु पर्ने रिपोर्ट सार्वजनिक भएपश्चात सेना प्रमुखको यो भनाइ आएको हो। गत वर्षको अगस्टबाट सुरु भएको यस जातीय हिंसाका कारण सातलाख भन्दा बढी रोहिंग्या मुसलमानहरु बंगलादेशमा शरणार्थीको रुपमा रहन बाध्य छन्। 

तालिबानी कैदी फरार

अफगानिस्तानको दक्षिण प्रान्त जाबुलको कारागारमा जेलरको हत्या गरी एकजना तालिबानी फरार भएका छन्। यस्तै अन्य दुईजना घाइते भएको बताइएको छ। जाबुल प्रान्तको शार ए सफा जिल्लामा अवस्थित यस जेलमा साँझ प्रार्थनामा बसेका कारागारका सुरक्षाकर्मीको बन्दुक खोसेर ती तालिबानी कैदीले जेलरको हत्या गरेका र अन्य दुई जनालाई घाइते बनाएका प्रान्तीय सरकारका प्रवक्ता गुल इस्लाम सयालले बताएका छन्। 

फिलिपिन्समा पहिरो

फिलिसिन्समा गत हप्ता दुई स्थानमा भीषण रुपमा गएको पहिरोमा परी मृत्यु हुनेको संख्या ९५ पुगेको छ। उत्तरी फिलिपिन्सको बेन्गुएट प्रान्तको इटओगोन शहरका ४९ व्यक्तिको शव निकालिएको र मध्य फिलिसिन्सको सेबु प्रान्तको नगा शहरमा ४६ जनाको शव निकालिएको अधिकारीहरुले बताएका छन्। फिलिपिन्सको लुजोन द्वीपबाट गत सेप्टेम्बर १५ मा शुरु भएको म्यान्खुट आँधीका कारण विभिन्न स्थानमा पहिरो गएको थियो। यस पहिरोमा अझै पनि ५९ जना बेपत्ता रहेका छन् । 

सोलिहको उदय

माल्दिभ्सका विपक्षी नेता इब्राहिम मोहमद सोलिह राष्ट्रपतिमा निर्वाचित भएका छन्। चुनावमा धाँधलीको आशंका गरिए पनि निकै शक्तिशाली मानिएका वर्तमान राष्ट्रपति अब्दुल्ला यामीन आश्चर्यजनक रुपमा पराजित गर्दै सोलिह राष्ट्रपतिमा विजय भएका हुन्। । चुनावी मतपरिणाम अनुसार इब्राहिमले ५८.३ प्रतिशत मत प्राप्त गरेका छन्।

तस्विर: IRU/ STRAITS/AP/AFP/CBC/DAWN/BBC
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell