PahiloPost

May 8, 2024 | २६ बैशाख २०८१

सन्दीपको अर्को फड्को : युएईमा हुने टी १० लिगका लागि छनोट, मोर्गन र गेलसँगै खेल्ने



पहिलोपोस्ट

सन्दीपको अर्को फड्को : युएईमा हुने टी १० लिगका लागि छनोट, मोर्गन र गेलसँगै खेल्ने

काठमाडौँ : नेपाली राष्ट्रिय टोलीका लेगस्पीनर सन्दीप लामिछानले युएईमा हुने टी-१० लिग क्रिकेट खेल्ने भएका छन्।

सोमवार भएको प्लेअर ड्राफ्टमा उनलाई केरला किंग्सले लिएको हो। १८ वर्षिय युवा स्टार सन्दीपले केरलाले तेस्रो राउण्डमा लिएको थियो।

आइपीएल खेलेर चर्चा कमाएका सन्दीपले ग्लोबल टी २० क्यानडा र सीपीएल खेलिसकेका छन् भने अक्टोबरमा हुने अफगानिस्तान प्रिमियर लिगका लागि समेत छनोट भइसकेका छन्। 

नोभेम्वर २३ देखि डिसेम्वर २ सम्म हुने क्रिकेटको सबैभन्दो छोरो स्वरुपको यस टुर्नामेन्टलाई आइसीसीले समेत मान्यता दिइसकेको छ। सन्दीपको टोली केरला गत सिजनको च्याम्पियन टोली समेत हो।

केरलामा इंगल्याण्डका कप्तान इयान मोर्गन कप्तान तथा आइकन प्लेअरका रुपमा छन् भने अन्य खेलाडीमा क्रिस गेल, जुनइद खान समेत छन्। सन्दीपले यसअघि सीपीएलमा क्रिस गेलसँग खेलिसकेका छन्।

आइकन प्लेअर मोर्गनसहित किरण पोलार्ड, सोहेल तनविर, पउल स्ट्रलिङ र धसुन सनाकालाई केराले यसअघिको मिनि ड्राफ्टबाट टिममा राखिसकेको छ। अब १० ओभरको क्रिकेट प्रतियोगितामा सन्दीपले यी खेलाडीसँगै खेल्नेछन्। टी १० लिग खेल्ने कूल आठ टिमलाई दुई समूहमा विभाजन गरिएको छ। समूह ए मा केरलासँगै कराचियन्स, पाक्तुन्स र राजपुत्स छन् भने समूह बी मा बेंगाल टाइगर्स, मराठा अरबियन्स, नर्दन वारियर्स र पञ्जावी लिजेन्ड्स छन्।
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell