PahiloPost

Apr 27, 2024 | १५ बैशाख २०८१

गंगामायाका छोरा नूरप्रसाद ज्यान मार्ने उद्योगको अनुसन्धानका लागि थुनामा



पहिलोपोस्ट

गंगामायाका छोरा नूरप्रसाद ज्यान मार्ने उद्योगको अनुसन्धानका लागि थुनामा

काठमाडौँ : गोरखा फुजेल हत्याकान्डका दोषीलाई कारबाहीको माग गर्दै अनसन बस्ने चर्चित पात्र स्व. नन्दप्रसाद र गंगामायाका छोरा नूरप्रसाद अधिकारी ज्यान मार्ने उद्योगको अनुसन्धानका लागि थुनामा राखिएको छ। 

‘उच्च अदालत पाटनका इजलास अधिकृतलाई कुर्सीले हानेर मार्न खोजेको भनेर अदालतबाट पत्र आएकोले हामीले नियन्त्रणमा लिएका हौँ’, महानगरीय प्रहरी परिसर ललितपुरका एसपी शेखर खनालले भने, ज्यान मार्ने उद्योगको अभियोगमा अदालतले अनुसन्धानका लागि सात दिनको समय दिएको छ।‘

आइतबार उच्च अदालत पाटनमा बिन्दू धतानी सुनार वादी तथा दीपिका सुनार र जानुका सुनारसमेत प्रतिवादी रहेको मुद्दाको सुनुवाई थियो। नूरप्रसाद अधिकारी वारिस थिए मुद्दामा। 

अदालतका रजिस्ट्रार बाबुराम दाहालका अनुसार नूरप्रसादले बिहानैदेखि आफूलाई इजलासमा प्रवेश गर्न नदिए, मार्छु, काट्छु, तोडफोड गर्छु भनेर धम्की दिइरहेका थिए। ‘इजलास अधिकृत रोशन बस्नेतले अदालतको आदेश सुनाए। उच्च अदालतले जिल्ला अदालतकै फैसलालाई सदर गरेपछि उनी इजलासमा प्रवेश गर्दै गाली गर्न थाले’, दाहाल भन्छन्, ‘इजलास अधिकृत बस्ने कुर्सी उचालेर प्रहार गरे तर संयोगले बस्नेतलाई लागेन। उनले र्यारकका किताब लडाए, शिशा फुटाए।‘


महानगरीय अपराध अनुसन्धान महाशाखाको टोलीले गत साउन २० गते बेपत्ता रहेका नूरप्रसादलाई नियन्त्रणमा लिएर आमा गंगामाया अनसनरत स्थल वीर अस्पतालमा पुर्यारएको थियो। 
भाइ कृष्णप्रसाद अधिकारीको हत्यासम्बन्धी मुद्दाको चितवन जिल्ला अदालतनमा सुनुवाइ हुँदा पनि जाहेरवाला उनी अनुपस्थित थिए। 
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell